व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन्। संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो। मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहाँले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताउनुभयो। उहाँका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्थासमेत गरेको छ।

मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको छ। सो गाडीको बजार मूल्य रु १८ लाखभन्दा बढी रहेको छ।

पुस २७ गतेदेखि शुरु भएको मेला आगामी माघ ८ गतेसम्म जारी रहने आयोजकले जनाएका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *