नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित

हिमाली र पहाडी जिल्लासँगै चिसो बढेपछि तराई पनि प्रभावित भएको छ। अत्याधिक चिसोले सिराहा र सप्तरीमा मान्छेको ज्यानै समेत लिएको छ। चिसोका कारण विद्यालयहरू लामो समयका लागि बन्द गरिएको छ। पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । त्यसैगरी सप्तरीमा शनिबार दुई जनाको मृत्यु भएको छ । अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा बिदाको समय थप एक साता बढाइएको छ। त्यसैगरी चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा शनिबारदेखि दाउरा वितरण गर्न सुरु गरेको छ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। मौसम परिवर्तनसँगै तराई मधेस, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *