नेपालीलाई ४ स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। उक्त च्याम्पियनसिपमा विमला लामा, सुशन पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेका नागरिक अनलाइनले लेखेको छ। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कांस्यमा चित्त बुझाए।

त्यस्तै सोही च्याम्पियनसिपमा सञ्जीव नेपालीले पनि कांस्य पदक दिलाउन सफल भए। सञ्जीवले ४० वर्षमुनि पुरुष व्यक्तिगत पुम्सेमा कांस्य पदक दिलाउन सफल भएको प्रशिक्षक राजु नगरकोटीले जानकारी दिए। उक्त च्याम्पियनसिपमा गोपाल भण्डारीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन्। च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीको सहभागिता रहेको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *