अमेरिकाले आफ्नै “मानवअधिकार रोग”को उपचार गर्नुपर्छ

चीनको मानवअधिकार अध्ययन समितिले हालै “अमेरिकी गाडिएको जातीय भेदभावबाट अमेरिकी मानवअधिकारको सम्मोहन प्रदर्शित” शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ। अमेरिकी विद्वानको अवलोकन, मिडिया रिपोर्ट र अन्तर्राष्ट्रिय संगठनको विश्लेषण आधारित उक्त प्रतिवेदनले विस्तृत गतिविधिमार्फत लामो समयसम्म अमेरिकाको जातीय भेदभाव र अमेरिकी शैलीको मानवअधिकारको सम्मोहन देखाएको छ। जसबाट अमेरिकी राजनीतिज्ञले मानवअधिकारलाई राजनीतिक औजारको रूपमा प्रयोग गरिरहेको चलाखी विश्वलाई देखाइएको छ।

छब्बीस तारिख पचास वटा मुलुकका राजदूतले मिलेर संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदसमक्ष चिठी पेश गरी सिनच्याङका विषयमा चीनको अडानको समर्थन गर्दै सिनच्याङ मानवअधिकार कार्यको विकास, प्रगति र आतंकवादको प्रतिरोध तथा उग्रवाद हटाउने प्रगतिमा सक्रिय मूल्याङ्कन गरे। यो नै अमेरिकी राजनीतिज्ञले चीनलाई कालो लगाएकोमा अन्तर्राष्ट्रिय समूहले दिएको सबभन्दा राम्रो जवाफ हो।

मानवअधिकारलाई आफ्नो प्रभूत्वको संरक्षण गर्ने औजारमा राखेको अमेरिकाले आफ्नै मानवअधिकार समस्यामा कुनै पनि ध्यान दिएको छैन। स्वदेशमा गम्भीर हुँदैआएको जातीय भेदभाव, धनी-गरिबबीचको खाडल, लैङ्गिक भेदभाव, सुरक्षा समस्याको सामना गर्दा अमेरिकाले आफ्नै मानवअधिकार समस्याको पहिला उपचार गर्नुपर्छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *