
चाइना मिडिया ग्रुपको सीसीटीभी न्यूजमा जुलाइ पचीस, छब्बीस र सत्ताइस तारिख लगातार तीन दिनसम्म विश्व दृष्टिकोण प्रसारण गरिएको छ। ती विषयमा निकै धेरैले समर्थन र उच्च मूल्याङ्कन गरेका छन् र धेरै चर्चित पनि बनेको छ। आज सीसीटीभी न्यूज हेरेको छ कि भन्ने विषय पनि इन्टर्नेटमा निकै चर्चित भएको छ।

जुलाइ सत्ताइस तारिख अमेरिकाले आफ्नै “मानवअधिकार रोग” उपचार को उपचार गर्नुपर्छ भन्ने शीर्षकको विश्व दृष्टिकोण प्रसारण भएको थियो। जसमा भनिएको छ ‘मानवअधिकारलाई आफ्नो प्रभुत्व संरक्षणको औजारको रूपमा राखेको अमेरिकाले आफ्नै मानवअधिकार समस्यामा कुनै पनि ध्यान दिएको छैन। स्वदेशमा गम्भीर हुँदैआएको जातीय भेदभाव, धनी-गरिबबीचको खाडल, लैङ्गिक भेदभाव, सुरक्षा समस्याको सामना गर्दा अमेरिकाले आफ्नै मानवअधिकार समस्याको पहिला उपचार गर्नुपर्छ।
जुलाइ छब्बीस तारिख अमेरिका विश्व सहयोग विकासको बाधक शीर्षकको विश्व दृष्टिकोण प्रसारण भएको थियो जसमा भनिएको छ हालै अमेरिकाका एक सयभन्दा बढी चीनसम्बन्धी हार्डलाइनरहरूले संयुक्त चिठी सार्वजनिक गरी चीनले आर्थिक हितको निहुँमा अमेरिकी सहयोगी तथा र अरू मुलुकलाई आकर्षण गरेर विश्वमा आफ्नो प्रभाव बढाएकोबारे झुटो निन्दा गरेका छन्। त्यसबाट चीनको आर्थिक विकासबारे केही अमेरिकीको ईर्ष्या निकै स्पष्ट रूपमा देखिएको छ। उनीहरूले ऐनामा आफ्नो अनुहार हेर्नुपर्छ। वास्तवमा अमेरिकी राजनीतिज्ञले चाहिरहेको एकपक्षीयतावाद र संरक्षणवाद नै विश्वका विभिन्न मुलुकबीच सहयोग र विकासको बाधक हो।

जुलाइ पचीस तारिख वास्तवमा कस्ले विश्वलाई तर्साइरहन्छ? शीर्षकको विश्व दृष्टिकोण प्रसारण भएको थियो जसमा भनिएको छ हाल अमेरिकाका एक सयभन्दा बढी तथाकथित हार्डलाइनरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठी पठाएर चीनले विस्तारवाद र राष्ट्रिय शक्ति प्रयोग गरी अरूमाथि हिंसा र त्रास थपेको भन्दै निन्दा गरेका छन्। तर धेरैजसोको विचारमा यस्तो हर्कतमा चीनको सट्टा अमेरिकालाई राखेमा एकदमै उचित हुनेछ। अमेरिकाको राजनीतिक प्रणालीमा राजनीति सामान्य हो र युद्ध नै अपवाद हो तर चीन उल्टो हो भन्ने कुरा चिठीमा लेखिएको छ। यो धारणा निकै हास्यास्पद हो।