सातौं कुबुची अन्तर्राष्ट्रिय मरुभूमि मञ्च

“हरित बेल्ट एण्ड रोड,पर्यावरणीय सभ्यताको संयुक्त निर्माण”भन्ने मुख्य विषय रहेको सातौं कुबुची अन्तर्राष्ट्रिय मरुभूमि मञ्च हिजो 27 तारिख भित्री मंगोलियाको कुबुचीमा पर्ने झी यी लि पर्यावरणीय परीक्षण क्षेत्रमा सुरु भयो।

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिओ गुटेरेसले यस मञ्चलाई शुभकामना चिठी पठाउँदै चीनको मरुभूमिकरण नियन्त्रण सम्बन्धी अनुभवलाई स्वीकार गर्नुभएको छ। उहाँका अनुसार चीनले सारा विश्वको पर्यावरणीय व्यवस्थापनका लागि विशाल योगदान सिर्जना गरेको छ। कुबुची क्षेत्रको मरुभूमिकरण नियन्त्रण सम्बन्धी अनुभव एक राम्रो शैली हो भने जसले मानव जातिका लागि भावी पर्यावरणीय समस्या र गरिबी समस्याको समाधान गर्ने अनुभव प्रदान गर्नेछ।

सारा विश्वमा मरुभूमिकरणको प्रतिरोध तथा व्यवस्थापनलाई मुख्य विषय लिएको एउटै मात्र बहुपक्षीय मञ्चको रुपमा कुबुची अन्तर्राष्ट्रिय मरुभूमि मञ्चले तीसभन्दा बढी मुलुकका राजनीतिक तथा वाणिज्य क्षेत्रका व्यक्ति,विशेषज्ञ तथा विद्वान,संचार माध्यमका प्रतिनिधि लगायत चार सयभन्दा बढी अतिथिलाई आकर्षित गरेको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *