
जेनेभाका लागि चिनियाँ स्थायी प्रतिनिधि मण्डलबाट थाहा भएअनुसार स्थानीय समयअनुसार संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदसमक्ष संयुक्त चिठी पेश गर्दै सिनच्याङका विषयमा चीनको अडानको समर्थन गरेका मुलुकको संख्या 50 वटा पुगेको छ।

यसका साथै केही मुलुकका प्रतिनिधिहरुले एकपक्षीय चिठी तथा समाचार प्रकाशन आदि तरिकामार्फत चीनलाई समर्थन दिने अडान व्यक्त गरेका छन्। जसबाट स्पष्ट देख्न सकिन्छ कि अन्तर्राष्ट्रिय समाजले सिन्च्याङ्गको मानव अधिकार उपलब्धि,अतिवादको अन्त्यमा प्राप्त उपलब्धिका लागि निष्पक्ष धारणा लिएको छ। केही पश्चिमी मुलुकले”मानव अधिकार”भन्ने निहुँमा चीनलाई कालो देखाउँदै चीनमाथि दबाव दिने कुचेष्टा लिएमा अवश्य नै विफल हुने छ।