संयुक्त राष्ट्र संघीय महाधिवेशनद्वारा दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चका दस्तावेजलाई ‌औचारिक दस्तावेजमा समावेश

हिजो मे 24 तारिख संयुक्त राष्ट्र संघीय महाधिवेशनले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा दिनुभएको मन्तव्य र गोलमेच शिखर सम्मेलनको संयुक्त विज्ञप्तिलाई संयुक्त राष्ट्र संघीय महाधिवेशनको औपचारिक दस्तावेजको रुपमा समावेश गरेको छ।यस मे 25 देखि 27 तारिखसम्म आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च पैचिङमा सफलताका साथ आयोजना भएको थियो। “बेल्ट एण्ड रोड”को संयुक्त निर्माण र राम्रो भविष्य सिर्जना मुख्य विषय रहेको सो मञ्चमा चीन लगायत 38 मुलकुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले भाग लिनुका साथै 150 मुलुक र 95अन्तर्राष्ट्रिय संगठनका 6000 विदेशी अतिथिले भाग लिएका थिए। सो मञ्चपछि संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा चाउ शुले संयुक्त राष्ट्र संघीय महासचिवलाई पत्र पेश गर्दै राष्ट्राध्यक्ष सीद्वारा मञ्चको उद्घाटन समारोहमा दिइएको मन्तव्य र गोलमेच शिखर सम्मेलनको संयुक्त विज्ञप्ति संयुक्त राष्ट्र संघीय महाधिवेशनको औपचारिक दस्तावेजको रुपमा स्वीकार गर्न आग्रह गर्नुभएको थियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *