चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनीतिक व्युरोका स्थायी सदस्य,राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले शान तुङ्गको चि नान शहरमा केही स्थानीय स्थलको कर तथा खर्चको न्युनीकरण कार्य गोष्ठीको अध्यक्षता गर्नुभएको छ। उहाँका अनुसार चालु वर्षदेखि चीनको अर्थतन्त्रको विकासका सामु जटिल परिस्थित देखापरेको छ। यस वर्षको पहिलो त्रैमासिक अवधिको अवस्था राम्रो देखाएता पनि अर्थतन्त्र सञ्चालनमा स्थिर विकास हुने प्रवृत्ति निरन्तर अस्थिर देखिएको छ। विशेष गरी लगातार बढ्दै गएको विदेशी अस्थिरता तथा चुनौतिले सुधार तथा खुलापनलाई निर्भर भएर वास्तविक अर्थतन्त्रको अझ बढी शक्तिलाई सिर्जना गर्दै भित्री माग र प्रवर्द्धन शक्तिलाई मजबुत बनाउनुपर्छ। अझ ठूलो परिमाणको कर तथा खर्चको न्युनीकरण सम्बन्धी कदमलाई व्यवहारमा उतार्नु नै आर्थिक तथा सामाजिक समष्टिगत अवस्थासँग घनिष्ट सम्बन्ध रहेको छ। विभिन्न तहले संयुक्त रुपमा उक्त कामलाई सुव्यवस्थित गर्दै सबै उद्योगको कर बोझ घट्ने मात्रै नभइ नबढ्ने कुराको प्रत्याभूति गर्नुपर्छ। विभिन्न स्थल र विभिन्न विभागले अर्थतन्त्रको सञ्चालित अवस्था र सम्बन्धित नियम लागू भएकोमा देखिने समस्याको विश्लेषण गर्दै कर तथा खर्चको न्युनीकरण जस्तै सहुलियत नीतिलाई आर्थिक प्रारुपको व्यवस्थापन र प्रभावकारी मागको विस्तारलाई प्रवर्द्धन गर्ने शक्ति बनाउनुपर्छ।
Posted inविश्व