डिजिटल सुरक्षाको चुनौतीलाई सामनामा सहयोग गर्न ह्वा वै कम्पनीको आह्वान

मे तेईस तारिखदेखि चौब्बीस तारिखसम्म जर्मनी पोस्टडममा आयोजित नेटवर्क सुरक्षा सम्मेलनमा ह्वा वै कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कशक्ति रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो।उप प्रबन्धक हुले सम्मेलनमा सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो। उहाँले डिजिटल प्रबिधिको तीब्र विकासले धेरै नयाँ सुरक्षा चुनौतीहरू ल्याउँने र कूनै व्यक्ति ,व्यवसाय वा मुलुकले यी चुनौतीहरू व्यक्तिगत रूपमा सामना गर्न नसक्ने भन्दै सम्बन्धित सबै पक्षले तर्कशक्ति रुपमा तथ्यहरूको आधारमा जोखिम मूल्यांकन गर्दै संयुक्त रुपमा सहयोग गर्न आह्वान गर्नुभयो।

उहाँले ह्वा वै कम्पनीले डिजिटल सुरक्षालाई व्यापारिक हितभन्दा माथि राखेको भन्दै यो ह्वा वैको सम्पूर्ण खुल्ला पारिस्थितिको प्रणालीमा लागू भएको उल्लेख गर्नुभयो।

अमेरिकी सरकारले हालै ह्वा वैमा प्रतिबन्ध लगाएको छ। सोबारे उहाँले ह्वा वैले अनौठो आरोप र धेरै अनुचित प्रतिबन्ध पाएको छ भन्दै यसले ह्वा वै का हजारौँ आपूर्तिकर्ताहरू र उपभोक्ताहरूलाई नकारात्मक प्रभाव पारेको औँल्याउनुभयो। यो द्रुत निर्णयले विश्वव्यापी आपूर्ति शृङ्खलालाई असर गरेको भन्दै बजार प्रतिस्पर्धामा बाधा पुगेको र अन्तर्राष्ट्रिय व्यापारिक मान्यताहरुको उल्लङ्घन भएको बताउनुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *