स्थानिय समय मै चौब्बीस तारिख अमेरिकाका लागि चिनियाँ राजदूत छ्वै थेन खाइले अमेरिकी ब्लुमवर्ग टेलिभिजनलाई अन्तर्वार्ता दिँदै चीन र अमेरिका व्यापार समस्या आदि प्रश्नहरुको जवाफ दिनुभएको छ। राजदूत राजदूत छ्वैले छलफल, परामर्श र वार्तामार्फत चीन र अमेरिका बीचको द्बन्द्बको समाधान गर्ने एकमात्र उपाय रहेको औँल्याउनुभयो।
चीन र अमेरिका आर्थिक व्यापारिक छलफलबारे पत्रकारले छलफल अनिश्चित रहेको भन्दै प्रश्न गरेका थिए। सोबारे राजदूत छ्वैले चीन र अमेरिका बीचको छलफलमा केहि अनिश्चितता रहेको मुख्य कारण अमेरिकाले प्राय: आफ्नो स्थिति परिवर्तन गर्छ तर चीनको सधै अडानमा रहने भएकाले हो भन्नुभयो।