अमेरिकी सरकारद्वारा”आकस्मिक अवस्था”भन्दै मध्य पूर्वका तीन मुलुकलाई हतियार बिक्री

अमेरिकी सरकारले हिजो 24 तारिख काँग्रेसको जाँचुझ कार्यक्रमबाट “आकस्मिक अवस्था”भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य बिक्री प्रवर्द्धन गरेको छ। जसबाट काँग्रेसका दुई पार्टीका केही सांसदले विरोध गरेका छन्।अमेरिकी पररष्ट्र मन्त्री माइक पोम्पेओले हिजै एक वक्तव्य प्रकाशित गरी अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुन बमोजिम राज्य परिषदले तुरुन्तै यी तीन मुलुकका लागि आठ अर्ब दश करोड अमेरिकी डलरको सैन्य बिक्री प्रवर्द्धन गर्न निर्देशन गर्नुभएको छ। सो वक्तव्यका अनुसार अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्य पूर्वी क्षेत्रको स्थिरताको प्रवर्द्धन र इरानमाथिको आक्रमणप्रति सम्बन्धित मुलुकलाई सहायता प्रदान गर्नका लागि उक्त सैन्य बिक्री परियोजना गराइएको हो।

रिपब्लिकन पार्टीका सांसद मार्को रुबिओले हिजो जानकारी दिनुभएअनुसार अमेरिकी सरकारको उक्त कार्य ठूलो गल्ती भएको बताउनु भएको छ। भावी अमेरिकी राष्ट्रपतिले यस प्रकारका कार्यलाई निहुँ बनाएर काँग्रेसको सीमाभित्र रहेर हतियारको बिक्री गर्ने सम्भावना रहनेछ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *