चीन र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपसम्बन्धी समान अडान लिएका छन्: चीनको परराष्ट्र मन्त्रालय

       चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले वार्ता गरी कोरियाली प्रायद्वीपलाई आणविक रहित बनाउने र प्रायद्वीपको शान्ति संरक्षण गर्ने विषयमा चीन र दक्षिण कोरियाको साझा हित हुने भएकाले समान अडान रहेको विचार व्यक्त गर्नुभएको छ।

        आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले दुई देशका नेताबीच वार्ता अवधिमा राष्ट्राध्यक्ष सी चिन फिङले कोरियाली प्रायद्वीपको आणविकरहितता, युद्धविना शान्तिपूर्ण वार्ता गरी प्रायद्वीपको समस्याको समाधान गर्नेमा अडिग रहनुपर्ने कुरामा जोड दिनुभएको व्यक्त गर्नुभयो। चीनले सम्बन्धित विभिन्न पक्षले सँगै मिलेर वार्ता गरी प्रायद्वीपको समस्याको समाधान गर्ने सही बाटोमा छिटै ल्याउन प्रयास गर्न आह्वान गरेको पनि उहाँले उल्लेख गर्नुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *