बेलायती क्याम्ब्रिजको संस्कृत पाठ्यक्रम नेपालमा अध्यापन

   विश्वका चर्चित विश्वविद्यालयले संस्कृत अध्यापनलाई उच्च महत्व दिन थालेपछि नेपालका केही विद्यालयले अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित संस्कृतको पठनपाठन थालेका छन्। नेपालका तीन विद्यालयले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको संस्कृत पाठ्यक्रम पढाउन सुरु गरेका हुन् । लन्डनस्थित सेन्ट जेम्स इन्डिपेन्डेन्ट स्कुलको सहकार्यमा क्याम्ब्रिजको आइजिसिएसई लेभलको संस्कृत पाठ्यक्रम हिन्दु विद्यापीठ नेपाल, डिएभी र कान्तिभैरव स्कुलमा पठनपाठन लन्डनस्थित सेन्ट जेम्स इन्डिपेन्डेन्ट स्कुलको सहकार्यमा चार वर्षदेखि क्याम्ब्रिजको आइजिसिएसई लेभलको संस्कृत पाठ्यक्रम पढाउन थालिएको हिन्दु विद्यापीठ नेपालका संस्थापक डा. चिन्तामणि योगीले बताउनुभयो।

        यस वर्षदेखि जाउलाखेलस्थित डिएभी र गोकर्णस्थित कान्तिभैरवले पनि उक्त पाठ्यक्रम पढाउन थालेका छन्। सेन्ट जेम्सले संस्कृत तथा पूर्वीय दर्शन अध्यापन गराउँदै आएको छ। बेलायतका साथै अस्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामा सञ्चालनमा रहेको उक्त स्कुलले ए लेभलमा संस्कृत अनिवार्य विषयका रुपमा पठनपाठनको व्यवस्था गरिएको छ। नेपालमा हिन्दु विद्यापीठ नेपालले उक्त स्कुलसँग सहकार्य गर्दै आएको छ। नेपालमा कक्षा ९ अध्ययनरत विद्यार्थीले संस्कृतमा आइजिसिएसई अध्ययन गरिरहेका छन्। आइजिसिएसईलाई ‘ओ’ लेभल समान मानिन्छ, जुन ए लेभलभन्दा पहिले पढाइ हुन्छ । क्याम्ब्रिजले तयार पारेको संस्कृत पाठ्यक्रममा महाभारत, रामायण तथा वेद र उपनिषद् अध्यापन गराइन्छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *