
प्रत्येक वर्ष लेगाटम समृद्धि सूचकांक सार्वजनिक गर्ने गरिन्छ। समृद्धि सूचकांकका लागि ९ वटा मापदण्ड तय गरिएको थियो। देशको आर्थिक गुणस्तर, व्यावसायिक वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा स्थान तय गर्ने गरिन्छ। जसमा नेपाल चीनसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तानभन्दा अगाडि छ।

बंगलादेश समृद्धि सूचकांकमा १ सय ११ औं स्थानमा छ भने पाकिस्तान १ सय ३७ स्थानमा छ। श्रीलंकमा भने नेपालभन्दा ३६ स्थान अगाडि ५३ औं स्थानमा छ। ९ वटा मापदण्डमध्ये नेपालको सबैभन्दा राम्रो व्यक्तिगत स्वन्त्रता देखिएको छ। समग्रतमा ८९ औं स्थानमा रहेको नेपाल व्यक्तिगत स्वतन्त्रताका हिसावले ३९ औं स्थानमा छ। त्यसपछि आर्थिक गुणस्तर भएको राष्ट्रमा ४५ औं, सामाजिक पुँजी, सुरक्षामा ८३ र सुशासनमा ८४ औं स्थानमा छ।
शिक्षा, स्वास्थ्य, व्यावसायिक वातावरण र प्राकृतिक वातावरणमा भने नेपालको अवस्था दयनीय देखिएको छ। सूचकांकका अनुसार व्यावसायिक वातावरणमा १ सय १४ औं स्थानमा छ भने शिक्षामा १ सय १५, स्वास्थ्यमा १ सय ७ र प्राकृतिक वातावरणमा १ सय २६ औं स्थानमा छ।

भारत र चीनभन्दा व्यक्तिगत स्वतन्त्रता भएको राष्ट्रको सूचीमा पनि नेपाल धेरै अगाडि छ। व्यक्तिगत स्वतन्त्रता भएको ३९ औं राष्ट्रमा नेपाल पर्दा भारत १ सय र चीन १ सय ३९ औं स्थानमा छ । प्राकृतिक वातावरण भारत र चीनको भन्दा नेपालको राम्रो देखिएको छ। नेपाल सो मापदण्डमा १ सय २६ स्थानमा हुँदा चीन १ सय ३५ र भारत १ सय ३९ औं स्थानमा छ। आर्थिक गुणस्तरमा भने नेपाल चीनभन्दा पछाडि रहे पनि भारतभन्दा अगाडि छ।
चीन ३२ औं स्थानमा छ भने भारत ५६ औं स्थानमा छ। नेपाल ४५ औं स्थानमा छ। सुशासनका हिसावले भने भारत चीनभन्दा निकै नै अगाडि छ। भारत ४१ औं स्थानमा छ भने चीन सुशासन भएको राष्ट्रको सूचीमा १ सय २२ औं स्थानमा छ। नेपाल ८४ औं स्थानमा छ।
सूचकांकका अनुसार आर्थिक गुणस्तर, व्यापारिक वातावरण, शिक्षा, स्वास्थ्य, सुरक्षामा चीन नेपाल र भारतभन्दा अगाडि छ। त्यस्तै सुशासन, सामाजिक पुँजी, व्यक्तिगत स्वतन्त्रतामा भने चीनभन्दा भारत अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ।