महाधिवेशनपछि सी चिन फिङको पहिलो अवलोकन

   चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव समेत रहनुभएका केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवं राष्ट्राध्यक्ष सी चिन फिङले बाह्र तारिख चीनको च्याङ सु प्रान्तीय स्यु चौ शहर पुगेर चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनपछिको पहिलो अवलोकन गर्नुभएको छ।

        स्यु चौ उद्योग ग्रुप विश्व निर्माण मेशीनरी उद्योगका उत्कृष्ट दशमा पर्ने पहिलो चिनियाँ उद्योग हो। बाह्र तारिख दिउँसो सीले सो ग्रुपको भ्रमण गर्नुभयो। उहाँले चीनले वास्तविक अर्थव्यवस्थामा उच्च ध्यान दिइरहनुपर्ने भन्दै वास्तविक अर्थव्यवस्थाको विकास गर्न निर्माण उद्योगको विकास गर्नुपर्ने दोहोर्‍याउनुभयो।

त्यसपछि सीले शन नुङ बन्दरगाहको भ्रमण गर्नुभयो। त्यहाँ पहिला कोइला उत्खनन् गर्दाको डुबान क्षेत्र थियो। पछि पर्यावरणीय पुनःनिर्माण गरी सुन्दर राष्ट्रिय सिमसार पार्क बनाइएको छ। सीले प्रकृतिको संरक्षण गर्दै विकास गरिएका स्थानीय गतिविधिको उच्च प्रशंसा गर्नुभयो।

त्यसपछि सीले मा च्वाङ गाउँको भ्रमण गर्नुभयो। उहाँले गाउँको राम्रोसँग विकास गर्न श्रेष्ठ नेता हुनैपर्छ भन्दै उन्नाइसौँ महाधिवेशनको अनुभवको नेतृत्वमा गाउँको अझ राम्रो विकास हुनसक्ने आशा आफूले लिएको बताउनुभयो।

कार्यक्रमको अन्तमा सी चिन फिङले ह्वाइहाइ अभियान शहीद स्मारकको अवलोकन गर्नुभयो। ह्वाइहाइ अभियान चिनियाँ जनमुक्ति युद्ध अवधिको निर्णायक ठूलो अभियान थियो भन्दै उहाँले सारा चीनको मुक्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। क्रान्तिकारी शहीदहरूको अनुभव लिएर अरु विकास गर्नुपर्ने पनि उहाँले दोहोर्‍याउनुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *