
प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा छुट्टै कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो। यसमा अहिलेसम्म नेपालका केही कम्पनीका साथै अमेरिका, चीन, भारत, मलेसिया, लेबनानका ठूला कम्पनीले चासो देखाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार उल्लेखित देशका अमेरिकन टावर कम्पनी, डीटीसीलगायत आठ कम्पनीले नेपालमा एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन आरएसए डकुमेन्ट खरिद गरिसकेका छन्।

यदि विदेशी कम्पनीले लाइसेन्स पाएको खण्डमा ८० प्रतिशत उनीहरूका लगानी र २० प्रतिशत नेपाली कम्पनीको लगानी हुनु पर्ने प्रावधान भएकाले नेपाली कम्पनी पनि विदेशी कम्पनीसँगको सहकार्यमा आउनेछन्। अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार नेपाल सरकारले दूरसञ्चार पूवार्धार नियमावली २०७४ को अधिनमा रहेर प्राधिकरणले दुईवटा कम्पनीलाई दूरसञ्चार सेवाको अनुमतिपत्र जारी गर्न सूचना प्रकाशित गरेको हो।