विस्तारित चक्रपथमा ३ किलोमिटर ‘सर्भिस ट्रयाक’को काम बाँकी

चीनले चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर खण्डको विस्तारको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरे पनि नेपाल सरकारको जिम्मा रहेको सर्भिस ट्रयाक निर्माणको काम अधुरै रहेको छ। ग्वार्को-सातदोबाटो खण्डको २ किलोमिटर र कलंकी- बल्खु खण्डको १ किलोमिटर सर्भिस ट्रयाकको कामका लागि त टेन्डर नै नभएको अनलाइन खबरले लेखेको छ।

कलंकी- बल्खु खण्डको झण्डै एक किलोमिटर क्षेत्रमा भने अहिले सर्भिस ट्रयाक बनिरहेको छ। तर यही खण्डको एक किलोमिटर खण्डका सर्भिस ट्रयाक बनाउने प्रक्रिया नै अघि बढेको छैन। सर्भिस ट्रयाक नहुँदा सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउने काम चक्रपथको सहायक लेनमै गरिरहेका छन्। स्थानीयलाई पनि सर्भिस ट्रयाक नबन्दा थप सास्ती भएको छ।

चक्रपथ विस्तार आयोजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार टेण्डर हुन बाँकी झण्डै ३ किलोमिटर खण्डका लागि अहिलेसम्म बजेट व्यवस्थापन भएको छैन। उहाँले बजेट व्यवस्थापन गरेर छिट्टै सकै काम सकाउने दावी गर्नुभयो।

चक्रपथमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्रयाक’ गरेर तीन प्रकारका लेन छन्। मुख्य र सहायकमा चार/चार लेन छन्। दुवैतर्फ सहायक लेनभन्दा बाहिर एक-एक लेनको ‘सर्भिस ट्रयाक’ बनाइँदै छ।

मुख्य र सहायक गरी आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले लिएको थियो। दुई तर्फका सर्भिस लेन सडक विभागले निर्माण गरिरहेको छ। सर्भिस ट्रयाकबाट निश्चित चोकमा पुगेपछि मात्रै सवारीहरु सहायक र मुख्य लेनमा छिर्न पाउँछन्।’

अहिले आठ लेनको भए पनि थप दुई लेनसहित सडक १० लेनको हुनेछ। सर्भिस लेनभन्दा बाहिर फुटपाथको व्यवस्था भने गरिएको छैन। जसले गर्दा चक्रपथमा पैदलयात्रुलाई सास्ती छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *