चिनियाँ वसन्त चाडका अवसरमा काठमाडौँमा विशेष कार्यक्रम

चिनियाँ नयाँ वर्ष अर्थात वसन्त चाडको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ दूताबासले काठमाडौँमा जनवरी २९ तारिख साँझ एक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हौ यानछीले सम्बोधन गर्दै सन् २०१८ मा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो।

उहाँले भन्नुभयो – सन् 2019 चीन र नेपाल बीचको द्बिपक्षीय सम्बन्ध द्रुत गतिले विकसित हुने महत्वपूर्ण वर्ष हुँदैछ। चीनले भब्यताका साथ जन गणतन्त्र चीनको 70 औँ वार्षिकोत्सव मनाउनुका साथै दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्यको शिखर मञ्चको आयोजना गर्ने छ।

उता नेपाल सरकारले समृद्ध नेपाल र सुखी नेपाली मूल लक्ष्यलाई साकार तुल्याउने कार्यक्रम पनि दोस्रो वर्षमा प्रवेश गरेको छ। चीन-नेपाल सम्बन्ध सामु विकासको नयाँ अवसर पनि देखा परेको छ। दुवै देश बीचको आपसी हितयुक्त सहकार्यको भविष्य झन् उज्ज्वल देखिन्छ।

सो कार्यक्रममा नेपालका उपरराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी हुनुहुन्थ्यो।

चीनको स्वायत्त प्रदेश तिब्बतबाट आएका कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *