जाजरकोटकी सिजन पुन भारतीय चलचित्रमा नायिका

जाजरकोटकी एक युवती भारतीय चलचित्र क्षेत्र वलियुडको एउटा चलचित्रमा नायिकाको भुमिकाका लागि अनुवन्धित भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका ३ पिपलडाडाँकी सिजन पुन भारतीय चलचित्र निर्माण कम्पनी पि भन्साली प्रोडक्सन हाउस ले निर्माण सुरु गरेको हर जनम मेँ मिलिंगे नामक ठुलो पर्दाको चलचित्रमा मुख्य नायिकाको भुमिकामा अनुवन्धित भएकी हुन् । गत डेढ वर्ष देखि भारतको मुम्वइमा रहेर भारतीय टेलिभिजनका दुइ वटा सिरियलहरुमा चरित्र अभिनेत्रीको भुमिका निर्वाह गरिहेकी २१ वर्षिय सिजनले मंगलवार देखि ठुलो पर्दाको हिन्दी चलचित्रमा मुख्य नायिकाको भुमिकामा अभिनय गर्न थालेकी हुन् ।

शसी शेखरको निर्देशन र प्रवीन भन्शालीको निर्माण र चन्दरको लेखन रहेको उक्त चलचित्रमा दुइ जना नायकहरुका साथ उनको अभिनय रहेको छ । चलचित्रमा आफुले धनी घरकी युवतीको भुमिका निर्वाह गरिहेको र गाउँमा हुने अपराध र अन्यायको शिकार हुने गरिवहरुको उद्धार गर्ने खालको भुमिका आफुले निर्वाह गर्ने उनले वताइन् । सहरको विकृति र गाउँमा ठुलावडाले गरिवहरु माथि गर्ने अन्याय र अपराधको चलन कस्तो हुन्छ भन्ने वारे चलचित्रले विषय वस्तु देखाउन खोजेको नायिका सिजनले वताइन् । 

गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीहरुलाइ युवतीको मायामा फसाएर उनीहरुलाइ अपराधको सजाया दिन एक जना सुन्दर युवती सहरवाट गाउँमा गएको भुमिका निर्वाह गर्न लागेको पनि उनले वताइन् । भारतको मुम्वइ र गुजरातका विभिन्न स्थानमा छायांकण भइरहेको उक्त चलचित्र दुइ घन्टा १० मिनेटको हुने वताइएको छ । यस अघि सिजनले भारतीय टिभी च्यानल स्टार प्लसमा प्रशारण भइरहेको आरम्भ नामको सिरियल र अर्काे क्राइम स्टोरी लक अपमा चरित्र अभिनेत्रीको रुपमा आफुले अभिनय गरिसकेको सिजनले वताइन् ।

जाजरकोट खलंगाको त्रिभुवन माध्यमिक विद्यालयवाट एसएलसी र कक्षा ११ र १२ पास गरेकी सिजनले आफुलाइ जाजरकोटकै छोरी भन्न मन लाग्ने र यसै मार्फत भारतीय चलचित्र दुनियामा सफल अभिनेत्रीको रुपमा स्थापित हुने आफनो ठुलो सपना रहेको वताइन् । जीवनमा संघर्षको वास्तविक कस्तो हुन्छ भनेर देखाउने पनि आफनो रहर रहेको उनले वताइन् ।

कुशेमालिका अनलाईनबाट

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *