
दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि प्रचार प्रसार सम्मेलन जनवरी २९ तारिख दिउँसो दोस्रो फ्रान्सको पेरिसमा आयोजना भयो। चिनियाँ वाणिज्य उप-मन्त्री वाङ पिङ नान,फ्रान्सको आर्थिक मन्त्रालयको राष्ट्रिय विभाग अन्तर्गत द्वीपक्षीय आर्थिक सम्बन्ध व्यूरोका उप-प्रमुख करिस्टोफ बोरिस लगायत करिब एक सय पचास जना सो प्रचारप्रसार सम्मेलनमा सहभागी हुनुभयो।
चिनियाँ वाणिज्य उप-मन्त्री वाङ पिङ नानले प्रचार प्रसार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनले विश्वको बजार खुला गर्ने एउटा महत्वपूर्ण कदम रहेको बताउनुभयो। उहाँका अनुसार,”नयाँ युगमा भविश्यको संयुक्त उपभोग गरौँ” चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपोको मुख्य विषय हुनुका साथै चीनले विश्वलाई पठाएको निम्तो पनि हो।
फ्रान्सको आर्थिक मन्त्रालयको राष्ट्रिय विभाग अन्तर्गत द्वीपक्षीय आर्थिक सम्बन्ध व्यूरोका उप-प्रमुख करिस्टोफ बोरिसले चीनको खुलास्तर अरु उच्च स्तरमा पुग्नसक्ने तथा सन् २०१९ मा अरु बढी उच्चस्तरीय प्रतिनिधि मण्डल र फ्रान्सेली व्यवसायहरु शाङहाईमा चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुनसक्ने अपेक्षा व्यक्त गर्नुभयो।