
शाङहाई सहयोग संगठनको पहिलो सार्वजनिक कुटनीतिक केन्द्र हिजो जनवरी २९ तारिख उज्बेकिस्तानको राजधानी तोशकेन्टमा औपचारिक रुपमा स्थापित भयो। विभिन्न सदस्य मुलुकहरु बीचको विश्वास तथा असल छिमेकीपनको मैत्रीभावलाई अघि बढाउन यस केन्द्रले एक्स्पो,सांस्कृतिक सम्पदाको संरक्षण तथा गैर-सरकारी भेट-वार्ता लगायत तीसभन्दा बढी कार्यक्रमको आयोजना गर्नेछ।
उज्बेकिस्तानस्थित चिनियाँ राजदूताबासका राजनीतिक कन्स्युलर चाङ वन छ्वानले सार्वजनिक कुटनीतिक केन्द्रको स्थापनाले उज्बेकिस्तानका नेताहरुले शाङहाई सहयोग संगठनलाई ध्यान दिएको भन्दै उज्बेकिस्तान तथा शाङहाई सहयोग संगठनका अरु सदस्य मुलुकहरु बीचको मानवीय आदान प्रदानलाई प्रबर्द्धन गर्न उपयोगी हुने विचार प्रकट गर्नुभयो।