
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर 23 तारिख जन बृहत सभाभवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका जिबूतीका राष्ट्रपति इस्मेल ओमार गुइलेहसँग भेटवार्ता गर्नुभएको छ। यी दुबै पक्षले चीन र जिबूतीबीच रणनीतिक साझेदारी सम्बन्धको निर्माण गर्दै चौर्तफी रुपमा यी दुबै मुलुकका विभिन्न पक्षको सहयोगलाई गहन पार्ने सहमति हासिल गरेका छन्।
राष्ट्राध्यक्ष सीका अनुसार राष्ट्रपति गुइलेह चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि चीनको भ्रमण गर्नुभएको पहिलो अफ्रिकी मुलुकका सर्वोच्च नेता हुनुहुन्छ। जसबाट यी दुबै मुलुकबीचको घनिष्ट सम्बन्ध प्रतिबिम्बित भएको छ। चीन र जिबूदीबीचको दौत्य सम्बन्ध स्थापना भएको 38 वर्षयता सधैँ पारस्परिक सम्मान र समर्थन राखिँदै आएको छ। चीनले जिबूदीसँग एक पेटी एक मार्ग भन्ने निर्माणलाई प्रवर्द्धन गर्दै आपसी विभिन्न क्षेत्रका सहयोगलाई गहन पार्दै जाने आशा गरेको छ।

राष्ट्रपति गुइलेहका अनुसार चीनको मित्रताको रुपमा जिबूदीले चीनलाई एक अविच्छिन्न साझेदारीको रुपमा लिएको छ। धेरै वर्षयता चीनले जिबूदीलाई दिएको समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै जिबूदीले एक पेटी एक मार्गको निर्माणमा सक्रिय भाग लिइ चीनसँग पूर्वाधार प्रबन्ध नागरिक जीवन आदि क्षेत्रमा सहयोग गर्दै जाने आशा गरेको छ।
भेटवार्ता भएपछि यी दुबै मुलुकका नेताहरुले आर्थिक तथा प्राविधिक सहयोग、कृषि आदि क्षेत्रका द्बिपक्षीय सहयोगात्मक दस्तावेजको हस्ताक्षरलाई साक्षी गरेका छन्।
