
कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरमा सबै तिब्बती बौद्ध धर्म गुम्बामा रेडियो र टेलिभिजन राखिएको छ। फ्रिफेक्चरभरिका 115 वटा गुम्बाका 6 हजार 2 सय 99 भिक्षु भवनमा उपग्रह संकेत प्राप्त उपकरण र टेलिभिजनको बन्दोबस्त भएको छ।
कान नान तिब्बती स्वायत्त प्रिफेक्चरको संस्कृति रेडियो चलचित्र टेलिभिजन प्रेस प्रकाशन व्युरोका प्रमुख छाउ श छिङ्गले यही नोभेम्बर 23 तारिख उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार कान नान प्रिफेक्चरमा चार लाख धर्मावलम्बी रहेका छन्। यो संख्या प्रिफेक्चरभरिको कूल जनसंख्यामध्ये 54.3प्रतिशत रहेको छ। जम्मा 121 तिब्बती बौद्ध धर्म गुम्बामा 10 हजार 3 सय 31 भिक्षु तथा भिक्षुणी रहेका छन्। ती भिक्षु र भिक्षुणीको सांस्कृतिक जीवनलाई रमाइलो बनाउनका लागि सन् 2015 मा”भवन भवन जोड्नु”भन्ने परियोजना सुरु भएको हो। सो परियोजनामा 88 लाख 40 हजार चिनियाँ युआन लगानी भएको थियो।

