
चीनबाट भागेर भारतमा बस्दै अाएका दलाइ लामाले नेपाल र नेपालीबिरुद्ध अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोशित बनेका छन्।
उनले गाैतम बुद्ध नेपालमा नभइ भारतमा जन्मेकाे भन्दै प्रवचन दिएकाे भिडियाे सार्जनिक भएपछि नेपालीहरूले उनकाे याे षडयन्त्रकारी अभिव्यक्तिकाे खण्डर भत्सर्ना गरेका छन्।
बुद्ध नेपालमा जन्मिएको तथ्य सार्वभौम सत्य हाे तर भारतिय विस्तारवादीले पटकपटक यस्तो गलत प्रचार गरिरहेका छन् र अरुलाई प्रयोग गरेर पनि भ्रम फैलाउने काम गरिरहेका छन् । पछिल्लोपटक भारतमा शरणार्थी भई बसेका दलाई लामाले पनि मालिक भक्तिकाे त्यहि कुरा गरेछन् । याे उनकाे साम्राज्यवाद र विस्तारवाद प्रतिकाे दलाली हाे र उनि अब दलाई लामा हैन कि दलाल लामा साबित भएका छन्, नेपाली जनताले अापत्ती प्रकट गर्दै सामाजिक सञ्जालमा राेष प्रकट गरेका छन्।
नेपालकाे लुम्बिनीलार्इ गाैतम बुद्धकाे जन्मस्थल भनेर नेपालले प्राथमिकताका साथ प्रचार गरिरहेका बेला नेपालकाे याे प्रचारलार्इ दलार्इ लामाले भने ‘ननसेन्स’ भन्दै गाली गरेका छन् । उनले बुद्ध नेपालमा जन्मेकाे नभइ भारतमा जन्मेकाे दावी गर्दै नेपालले गरेकाे प्रचार झुटाे भएकाे समेत बताएका छन् ।
दलार्इ लामालाई कतिपयले बाैद्ध धर्मकै स्थापित गुरु मान्दछन्न्छ भने कतिपयले उनले धर्मको अाडमा मातृभूमिप्रति गद्दारी गरिरहेको अाराेप लगाउँछन्। उनी बुद्धका ज्ञान सिद्धान्तलार्इ प्रचारप्रसार गर्ने नाममा विश्वका अधिकाँश देशमा एकचीनका विरुद्ध लविङ्ग गर्दै अाएका छन् । जसका कारणले उनीप्रति बाैद्ध धर्मालम्बीहरुकाे सहानुभूती दिनप्रतिदिन घट्दो छ। तर, उनले यसरी अत्यन्तै गलत प्रचार गर्न थालेपछि सम्पूर्ण बाैद्ध धर्मालम्बीहरु नै उनको विपक्षमा पुग्ने पक्का छ। त्यसैले उनी बाैद्ध धर्मावलम्बी र अामनेपालीको अाँखाकाे ताराे बनेका छन्। दलाई लामाले विवादास्पद प्रतिक्रिया दिएको भिडियाेमा दलार्इ लामालार्इ उनीसँगै बसेका एक भारतीय नागरिक बेला बेला काेट्याउँदै केही सिकाइरहेकाे जस्तो पनि देखिन्छ। त्यही सिकाएकाे कुरा उनी अग्रेजीमा भटटटट भट्याएकाे देखिन्छ। यसबाट दलार्इ लामा भारतकाे गाेटी हुन् र उनी चीनका विरुद्ध गतिविधि गरिरहेका छन भनेर लगाउने गरेकाे अाराेप सत्य हुन थालेकाे छ र यसले थपशंका बढेको छ। तिब्बतका नागरिकलार्इ उचालेर चीनबाट त्याे भूमीलार्इ मुक्त गराउने षड्यन्त्रमा मात्र नभइ नेपालका विरुद्ध पनि षड्यन्त्रमा लागेकाे अब प्रष्ट हुन्छ। पश्चिमा र दक्षिणले नेपालका राजनीतिक दलका नेताहरू, सरकारी र सुरक्षा अधिकारीका साथै दलाई लामालाई पनि नेपाल विखण्डन गराउने र यसलाई बेस बनाएर चीनलाई प्रहार गर्ने योजनामा प्रयोग गरिरहेको त छैन? शंका गर्ने ठाउँ प्रशस्तै छ। यस्ता दलाललाई समयमा नै तह लगाउन सकिएन भने हामी अन्तहिन द्वन्द्वमा फस्ने पक्का छ। तसर्थ नेपालबाट दलाई लामा र उसका समर्थकहरुलाई लखेट्ने नेपाली जनताको सामाजिक अभियान उपयुुक्त छ र यसलाई सबैले समर्थन गर्नुपर्छ।
स्मरण रहाेस् पश्चिमा र दक्षिणले बुद्ध भारतमा जन्मेकाे भनेर स्थापित गर्न विश्वभर निकै भ्रम फैलाउँदै अाएकाे छ । भारतले विद्यालय तहका पाठ्यक्रममा समेत यस्ता भ्रमपूर्ण सामाग्रीहरु राखेर विश्वव्यापी रुपमा बुद्धलार्इ भारतमा जन्मेकाे बनाउन प्रयत्न गर्दै अाएकाे छ ।
भारतीय माध्यामिक तहकाे परीक्षा बाेर्ड सिबिएसर्इले तयार गरेका सबै पाठ्यक्रममा गाैतम बुद्ध भारतमा जन्मिएकाे, लुम्बिनी भारतमा पर्छ, सगरमाथा समेत भारतमा पर्ने जस्ता भ्रमपूर्ण सामाग्री राखिएका छन्।
