
(GMT+08:00) 2017-11-21 14:25:48
नभेम्बर १८ तारिख तिब्बतको लिन्चीमा ६.९ रेक्टर स्केलको भूकम्प गएपछि लिन्चीमा स्थापित अस्थायी आश्रय स्थलको संख्या ४९ पुगेको छ। खडा गरिएका पालहरूको संख्या ५०५ छ भने भूकम्प प्रभावितलार्इ हाते टर्चलाइट, म्याट, आकस्मिक बत्ती आदि सामान पनि प्रदान गरिएको छ। असुरक्षित घर भएका २००० सर्वसाधारणको बसाइ सराइ पनि मिलाइएको छ।