
नाइजेरियन प्रहरीका अनुसार नाइजेरियाको उत्तर-पूर्वी भागको अदामावा राज्यमा हिजो नोभेम्बर 21 तारिख बिहान सबेरै आत्मघाती बम बिस्फोटन भएको छ। सो घटनाबाट हालसम्म मृत्यु भएको जनसंख्या 50 पुगेको छ।
थाहा भएअनुसार एक 17 वर्षको युवाले विहान पाँच बजेतिर आफूले लगाएको लुगामा बम राखेर क्यामरूनबाट 10 किलोमिटर टाढा रहेको मुबी जिल्लामा पर्ने एक मस्जिदमा बिस्फोट गराएको हो।
नाइजेरियाका राष्ट्रपति मुहामादू बुहारीले हिजो वक्तव्य सार्वजनिक गर्दै उक्त घटनाको कडा निन्दा गर्नुभएको छ। उहाँका अनुसार नाइजेरिया सरकारले आवश्यक कदम चलाउँदै अदामावा राज्यमा “बोको हाराम” चरमपन्थी संगठनबाट हुने खतरालाई नियन्त्रण गर्नेछ।
हालसम्म कुनै पनि संगठनले यो घटनाको जिम्मा लिएको छैन। तरपनि नाइजीरियाको सुरक्षा अधिकारीले “बोको हाराम”संगठनद्वारा उक्त घटना गराइएको संभावना रहेको ठहर गरेको छ।