भारत पुगेको दशौँ गैँडाको उद्धार

(GMT+08:00) 2017-11-20 15:22:58

साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज सोमबार बिहान चितवनको सामुदायिक वनमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको गोरखापत्र अनलाइनले लेखेको छ। यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि अहिले ६ वटा हात्ती पठाइएको थियो। विगतमा झैँ प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए। भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको कँडेलले जानकारी दिनुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *