
भारतले विश्व व्यापार संगठनलाई सूचना दिए अनुसार केही अमेरिकी वस्तुहरूमा प्रतिकारात्मक ट्यारिफ लगाउने योजना बनाएको छ। यो योजना अमेरिकाले भारतबाट आयात गरिएका कार र यसको पार्टपूर्जाहरूमा ट्यारिफ बढाएको जवाफस्वरूप हो।
भारतले दिएको सूचनामा अमेरिकाको ट्यारिफ वृद्धि विश्व व्यापार संगठनका नियमहरूविपरीत छ, जसले द्विपक्षीय व्यापारमा ठूलो असर पार्नेछ। भारतले सम्बन्धित नियमअनुसार परस्पर ट्यारिफ घटाउने प्रक्रिया स्थगित गरेको छ र आवश्यक परेमा सम्बन्धित ट्यारिफ स्तर परिवर्तन गर्ने अधिकार आफूले सुरक्षित राखेको जनाएको छ।

ध्यान दिनुपर्ने कुरा के हो भने, अमेरिका द्वारा लगाइएको परस्पर ट्यारिफको ९० दिने स्थगन अवधि आगामी जुलाई ९ मा समाप्त हुँदैछ। CRI
