अमेरिका-पाकिस्तान व्यापार वार्ता अर्को हप्ता

अमेरिका-पाकिस्तान व्यापार वार्ता अर्को हप्ता

अमेरिका र पाकिस्तानबीचको व्यापार वार्ता अर्को हप्ता सम्पन्न गर्ने सहमति भएको छ। पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेब र अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकबीचको भेटपछि पाकिस्तान सरकारले बुधबार यो जानकारी दिएको हो।

 

यी वार्ताहरू परस्पर टैरिफ (शुल्क) मा केन्द्रित छन्, जसले बदलिंदो भू-राजनीतिक सन्तुलन र पाकिस्तानले अमेरिकी निर्यातमा गरिएका उच्च शुल्कबाट जोगिन चाहेको प्रयाससँग सम्बन्ध राख्दछ।

 

“दुवै पक्ष वार्ता प्रक्रति सन्तोषजनक भएकोमा सहमत भए र अर्को हप्ता वार्ता टुंग्याउने प्रतिबद्धता जनाए,” अर्थ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा दीर्घकालीन रणनीतिक र लगानी साझेदारीबारे पनि छलफल भइरहेको उल्लेख गरिएको छ।

 

डोनाल्ड ट्रम्प प्रशासनले ठूलो व्यापार नाफा देखाउने देशहरूलाई लक्षित गर्दै पाकिस्तानबाट निर्यात हुने वस्तुहरूमा २९% टैरिफ लगाएको थियो। सन् २०२४ मा पाकिस्तानको अमेरिका सँगको व्यापार नाफा करिब ३ बिलियन डलर थियो।

 

यो असन्तुलन घटाउन र शुल्कको दबाब कम गर्न इस्लामाबादले अमेरिका बाट कच्चा तेलसहित अन्य वस्तुहरू आयात गर्न र पाकिस्तानको खानी क्षेत्रमा अमेरिकी कम्पनीहरूलाई विशेष सुविधा दिने प्रस्ताव राखेको छ।

 

यसै साता, दुवै देशले पाकिस्तानको खनिज क्षेत्र—जसमा ७ बिलियन डलरको रेको डिक तामाकोसिसो परियोजना समेटिएको छ—मा लगानी प्रवर्द्धन गर्न संयुक्त रूपमा वेबिनार आयोजना गरेका थिए।

 

दुवै देशका उच्च अधिकारीहरू र अमेरिकी लगानीकर्ताहरूबीच सार्वजनिक-निजी साझेदारी तथा नियामकीय सुधारबारे छलफल भयो। अमेरिकाको एक्जिम बैंकले रेको डिक परियोजनाका लागि ५०० मिलियन देखि १ बिलियन डलरसम्मको लगानी प्रस्तावको समीक्षा गरिरहेको छ।

 

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फील्ड मार्शल जनरल असीम मुनीरलाई सेतो घर (ह्वाइट हाउस) मा स्वागत गरेका थिए। उनले पाकिस्तान–भारतबीचको गहिरो द्वन्द्व रोक्न व्यापारिक सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

 

यसैबीच, अमेरिका र पाकिस्तानले द्विपक्षीय आर्थिक तथा व्यापार सम्बन्ध बढाउने, लगानी प्रवर्द्धन गर्ने, र अर्थतन्त्रसँग सम्बन्धित मुद्दाहरूमा सार्थक वार्ता गर्ने सहमति गरेका छन्।

 

अर्थमन्त्री मोहम्मद औरंगजेब र अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकबीच भएको भर्चुअल बैठकमा व्यापार, लगानी, र पारस्परिक हितका विषयमा प्राविधिक तहको वार्ता अर्को हप्ता सम्पन्न गर्ने विषयमा सहमति भएको सरकारी विज्ञप्तिमा उल्लेख छ।

 

विज्ञप्तामा भनिएको छ कि व्यापार सम्झौतासँगै रणनीतिक र लगानी प्राथमिकतामा आधारित साझेदारीलाई पनि आवश्यक समयमा निष्कर्षमा पुर्‍याइनेछ। दुवै पक्षले छिटोभन्दा छिटो व्यापार वार्ता टुंग्याउने विश्वास व्यक्त गरेका छन्। TET