वान बेल्ट वान रोड निर्माणमा सक्रिय संलग्न हुन पानामा इच्छुक

(GMT+08:00) 2017-11-19 14:11:23

चीनको राजकीय भ्रमणमा रहनुभएका पानामाका राष्ट्रपति जुआन कार्लोस भारेलाले अठार तारिख पैचिङमा वान बेल्ट वान रोड निर्माणलाई समर्थन गर्नुका साथै त्यसमा सक्रियताका साथ संलग्न हुन पानामा इच्छुक रहेको बताउनुभएको छ।

चीनको भ्रमण गर्नुभएका पानामाका पहिलो राष्ट्रपतिको हैसियतले भारेलाले पानामाको विकास रणनीतिलाई वान बेल्ट वान रोड निर्माणसँग जोड्ने विषयलाई निकै महत्व दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। उहाँले चीनको जन विश्वविद्यालयलाई सम्बोधन गर्दा चीनसँग बन्दरगाह, समुद्र मामिला, समुद्री ढुवानी, रेलमार्ग र मालसामानको ओसार-पसार आदि क्षेत्रका सहकार्यलाई सबल पार्ने आशा पनि व्यक्त गर्नुभएको थियो।

पानामाको आफ्नो विशेषतायुक्त क्षेत्रीय श्रेष्ठताको सदुपयोग गरी वान बेल्ट वान रोड सहकार्यलाई ल्याटिन-अमेरिकातर्फ फैलाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्दै जान पानामा इच्छुक रहेको कुरा पनि राष्ट्रपति भारेलाले बताउनुभएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *