गृहमन्त्रीको राजीनामा र मानव तस्करी रोक्न माग गर्दै वेल घेरेर नाराबाजी

गृहमन्त्रीको राजीनामा र मानव तस्करी रोक्न माग गर्दै वेल घेरेर नाराबाजी

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको विरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची जबरजस्ती अघि बढाएका छन्। रास्वपा र राप्रपाका सांसदले बैठकमा उठेर विरोध जनाए पनि सभामुखले कार्यसूची सञ्चालन जारी राखे। राप्रपा अध्यक्ष लिङ्देनले जबर्जस्ती बैठक नचाल्न आग्रह गरे भने रास्वपा सचेतक परियारले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गरे। यद्यपि, सभामुखले बजेट छलफलमा दलीय आधारमा सांसदलाई बोल्न दिए। रास्वपा सांसदले गृहमन्त्रीको राजीनामा र मानव तस्करी रोक्न माग गर्दै वेल घेरेर नाराबाजी जारी राखेका छन्।

 

राप्रपाले एक दिनको संसद् बैठक भत्ता नलिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही असार १ गते आइतबार बसेको संसद्को बैठक भत्ता अस्वीकृत गर्ने भएको छ । उक्त बैठक बहिष्कार गरेको राप्रपाले भत्ता नलिने भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिनुभयो ।

 

भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै राप्रपाले आइतबारको बैठकमा विरोध जनाएको थियो । तर संसद्मा अवरोध भएको समयमा पनि बैठक सञ्चालन गरेका कारण बहिष्कार गर्नुपरेको र बहिष्कार गरेको बैठकको भत्ता नलिने निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको आज बसेको बैठकले गरेको हो ।

 

“उक्त बैठकबापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिन हुन अनुरोध छ, उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले निर्णय गरेको जानकारी गराउँदछौँ,” राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलले आज संसद् सचिवालयलाई पठाएको पत्रमा भनिएको छ ।