भारतलाई वार्ताको टेबलमा ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

भारतलाई वार्ताको टेबलमा ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

इस्लामाबाद :
पश्चिमी देशहरूको भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले शनिबार अन्तर्राष्ट्रिय समुदायसँग दक्षिण एशियामा स्थायी शान्तिको सुनिश्चितताका लागि भूमिका खेल्न आह्वान गरेका छन्।

ब्रसेल्समा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावलले भारत वार्ता गर्न इच्छुक नरहेको बताउँदै लामो समयदेखि झुण्डिरहेको काश्मिर विवाद, पानीको समस्या र आतंकवाद जस्ता मुद्दाहरूको समाधानका लागि समग्र संवादको माध्यमबाट मात्र समाधान सम्भव हुने बताए।

“सैन्य टकराव काश्मिर समस्या वा आतंकवादको समाधान होइन,” उनले जोड दिए। “अगाडि बढ्ने एकमात्र उपाय संवाद हो।” उनले अन्तर्राष्ट्रिय समुदायलाई भारतसँग सक्रिय रूपले संलग्न भएर तनाव कम गर्न आग्रह गरे।

“क्षेत्रीय शान्तिका लागि दुई देशलाई कूटनीतिक पहलमा संलग्न गराउन अन्तर्राष्ट्रिय समुदायको नैतिक जिम्मेवारी हो,” उनले भने। पाकिस्तान सबै बाँकी समस्याको समाधानका लागि द्विपक्षीय समग्र वार्ताको पक्षमा रहेको उनले दोहोर्‍याए।

 

ईरानसँगको द्वन्द्व

बिलावलले ईरानसँगको क्षेत्रीय तनावबारे पनि प्रतिक्रिया दिँदै भने, “हामी यो सिमा क्षेत्रमा युद्ध चाहँदैनौं। छिमेकी मुलुकमाथि पछिल्ला केही दिनमा भएका आक्रमणको पाकिस्तानले निन्दा गरेको छ।”

“हामी हाम्रो सबै सिमानाहरूमा—चाहे त्यो अफगानिस्तान होस्, ईरान होस्, वा भारत—शान्तिको पक्षमा आवाज उठाइरहन्छौं। हामी ईरानमा जारी यो द्वन्द्व इराक-२.० वा तेस्रो विश्वयुद्धमा परिणत होस् भन्ने चाहँदैनौं ।

उनले चेतावनी दिँदै भने, “आजभोलि प्रत्येक महिना युद्ध हुनु अत्यन्तै सजिलो जस्तो भइसकेको छ,” युद्ध अब कुनैपनि विवादको स्वाभाविक प्रतिक्रियाजस्तो देखिन थाल्याे।

अन्ततः उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे—“प्यालेस्टाइनमा कब्जा जमाएका शक्तिहरूसँगको ईरानी द्वन्द्वमा तुरुन्तै युद्धविराम लागू गरियोस्।” “हामी निरन्तर युद्धमा बस्न सक्दैनौं। यसले हामीमध्ये कसैको पनि हित गर्दैन। TET

 

#ईरान #पाकिस्तान #भारत #Bilawal Bhutto Zardari