वाङ यीकाे ईरानी र इजरायली विदेशमन्त्रीसँग टेलिफोन वार्ता

वाङ यीकाे ईरानी र इजरायली विदेशमन्त्रीसँग टेलिफोन वार्ता

१४ जुनमा, चिनियाँ विदेशमन्त्री वाङ यीले ईरानी विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गरे।

अराघचीले क्षेत्रको पछिल्लो परिस्थितिबारे जानकारी दिँदै भने, हालै इजरायलद्वारा ईरानमाथि गरिएको आक्रमणमा ईरानी सैन्यकर्मी र सर्वसाधारणको ज्यान गएको छ। विशेषतः ईरानी आणविक पूर्वाधारमाथिको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको छ। इजरायली सैन्य कारबाही अत्यन्तै खतरनाक छन् र यसले सम्पूर्ण क्षेत्रलाई पूर्ण युद्धतर्फ धकेल्न सक्छ। उनले आशा व्यक्त गरे कि अन्तर्राष्ट्रिय समुदाय एक स्वरमा इजरायललाई आफ्नो सैन्य कारबाही रोक्न आग्रह गर्नेछ। उनले चीनले निरन्तर देखाउँदै आएको समर्थनप्रति आभार व्यक्त गरे र विश्वास व्यक्त गरे कि चीन क्षेत्रीय शान्ति र स्थिरता प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका खेल्नेछ।

वाङ यीले इजरायलद्वारा ईरानमाथि आक्रमण भएलगत्तै चीनले तुरुन्तै आफ्नो आधिकारिक धारणा सार्वजनिक रूपमा व्यक्त गर्‍यो। चीनले स्पष्ट रूपमा इजरायली कदम—जसले ईरानको सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डता उल्लङ्घन गरेको छ त्यसकाे कडा भर्त्सना गर्‍यो। उनले ईरानी अधिकारीहरूमाथि गरिएका निर्दयी हमलाको विरोध गरे र जसका कारण सर्वसाधारण हताहत भए, त्यसप्रति गहिरो चिन्ता व्यक्त गरे। चीनले ईरानलाई आफ्ना राष्ट्रिय स्वार्थ, सार्वभौमिकता र जनताको जीवन र सुरक्षाको रक्षा गर्न पूर्ण समर्थन गर्दछ।

वाङले थपे कि इजरायलको यो कार्य संयुक्त राष्ट्र घोषणापत्रका उद्देश्य तथा सिद्धान्तहरू र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको गम्भीर उल्लङ्घन हो। विशेष गरी, ईरानी आणविक संरचनामाथिको आक्रमणले खतरनाक नजिर सिर्जना गरेको छ, जसका विनाशकारी परिणाम हुन सक्छन्। चीनले अन्तर्राष्ट्रिय समुदायले न्यायको पक्षमा उभिएर यथासक्य चाँडो आवाज उठाउनुपर्नेमा जोड दियो। साथै, उसले इजरायलमाथि प्रभाव पार्न सक्ने मुलुकहरूलाई शान्ति पुनःस्थापनाका लागि ठोस प्रयास गर्न आह्वान गर्‍यो।

वाङ यीले हालको क्षेत्रीय अवस्था निकै संवेदनशील र निर्णायक मोडमा छ। चीन, ईरान र सम्बन्धित पक्षहरूसँग निरन्तर सम्पर्कमा रहन, तनाव कम गर्न र परिस्थिति सहज बनाउनेमा रचनात्मक भूमिका खेल्न तयार छ। उनले आशा व्यक्त गरे कि ईरानले चिनियाँ संस्थाहरू र कर्मचारीहरूको सुरक्षामा सहयोग गर्नेछ।

अराघचीले जवाफमा भने कि ईरान चीनसँग सम्पर्क कायम राख्न र चिनियाँ संस्थाहरू तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सबै सम्भव प्रयास गर्न तयार छ।

 

१४ जुनमा नै वाङ यीले इजरायली विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गरे।

गिदोन सारबाट इजरायलको वर्तमान धारणा र परिस्थितिबारे सुनेपछि वाङ यीले भने कि चीन सधैंँ यही पक्षमा उभिएको छ कि अन्तर्राष्ट्रिय विवादहरू वार्ता र परामर्शमार्फत समाधान गरिनुपर्छ। चीन बल प्रयोग र एकपक्षीय प्रतिबन्धको विरोधी हो। यस्तो अवस्थामा, चीनले इजरायलद्वारा ईरानमाथि बल प्रयोग गर्दै गरिएको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको रूपमा स्पष्ट रूपमा विरोध जनाउँछ। जब अन्तर्राष्ट्रिय समुदाय अझै पनि ईरानी आणविक मुद्दाको राजनीतिक समाधान खोजिरहेको छ, यस्तो आचरण अझै अस्वीकार्य ठहर्छ।

वाङ यीले इजरायल र ईरान दुवै मध्यपूर्व क्षेत्रका महत्वपूर्ण मुलुकहरू हुन्, र यी दुई देशबीचको सम्बन्धले सम्पूर्ण क्षेत्रको स्थायित्वमा प्रत्यक्ष प्रभाव पार्छ। तत्काल प्राथमिकता भनेको झगडालाई थप बढ्न नदिनु, क्षेत्रलाई अराजकतामा जानबाट जोगाउनु र कूटनीतिक माध्यमद्वारा समस्याको समाधानतर्फ फर्कनु हो। यही अन्तर्राष्ट्रिय समुदायको साझा धारणा हो।

वाङ यीले अराघचीसँग भएको कुराकानीबारे जानकारी दिँदै जोड दिए कि मध्यपूर्व सधैंँ द्वन्द्वको छायाँमा रहनु हुँदैन र इजरायल युद्धको त्रासमा बाँचेको अवस्थामा हुनु हुँदैन। ईरानी आणविक मुद्दाको कूटनीतिक समाधानको सम्भावना अझै बाँकी छ, र शान्तिपूर्ण समाधानको आशा कायम छ। बल प्रयोगबाट दीर्घकालीन शान्ति आउँदैन। सबै पक्षहरूको वैध चासोलाई समेट्ने एकमात्र उपाय भनेको साझा सुरक्षा अवधारणालाई अँगाल्नु हो।

चीनले इजरायल र ईरानलाई वार्ताबाट मतभेद समाधान गर्न र शान्तिपूर्ण सहअस्तित्वको मार्ग खोज्न आग्रह गर्दछ। चीन यस प्रक्रियामा रचनात्मक भूमिका खेल्न तयार छ।

अन्तमा, वाङ यीले, इजरायलले चिनियाँ संस्थाहरू र कर्मचारीहरूको सुरक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्नेछ। गिदोन सारले पनि इजरायल सधैंँ चिनियाँ संस्थाहरूको सुरक्षालाई महत्त्व दिने गरेको र त्यसलाई निरन्तर कायम राख्ने प्रतिवद्धता दोहोर्‍याए। CRI