ईरानको नातान्ज परमाणु केन्द्रमा बमबारी

ईरानको नातान्ज परमाणु केन्द्रमा बमबारी

१३ जुनका दिन इरानी सञ्चारमाध्यमका अनुसार, इजरायलले सोही दिन बिहानै मध्य ईरानको इस्फहान प्रान्तस्थित नातान्जमा रहेको परमाणु केन्द्रमा हमला गरेको छ। हालसम्म “परमाणु विकिरणको कुनै संकेत देखिएको छैन।” यस आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (IRGC) का कमाण्डर-इन-चिफ जनरल हुसेन सलामी, गार्ड कोर्प्सका अन्य वरिष्ठ कमाण्डरहरू र केही परमाणु वैज्ञानिकको मृत्यु भएको बताइएको छ।

१३ जुनमा इरानको मेहर न्यूज एजेन्सीले जनाए अनुसार, इरानको आपतकालीन संगठनका प्रमुखले भनेका छन्, परमाणु केन्द्रमा भएको विस्फोटका कारण मृत्यु भएको सम्बन्धमा कुनै आधिकारिक रिपोर्ट प्राप्त भएको छैन। आपतकालीन संगठनका प्रमुख जाफर मियादफरले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका अनुसार तेहरानको आपतकालीन सेवा उच्च सतर्कतामा राखिएको छ।

इस्लामिक रिपब्लिक अफ इरान रेडियो र टेलिभिजनका अनुसार, सलामीका साथै इरानको परमाणु ऊर्जा संगठनको सुरक्षा विभागका वरिष्ठ विशेषज्ञ मोहम्मद महदी तेहरान्ची र परमाणु भौतिक विज्ञानी तथा संगठनका पूर्व अध्यक्ष फेरेदुन अब्बासी पनि उक्त हमलामा मारिएका छन्।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले १३ जुनमा सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ: “अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी नातान्ज परमाणु केन्द्रमा विकिरणको स्तरबारे जानकारी लिन इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेको छ। हामी इरानमा रहेका आफ्ना निरीक्षकहरूसँग पनि सम्पर्कमा छौँ।” पोस्टमा, इरानको परिस्थिति अत्यन्त चिन्ताजनक छ र एजेन्सीले यसलाई गम्भीर रूपमा अनुगमन गरिरहेको छ।

 

#Iran #IAEA #ईरान