ट्रम्प काश्मीर विवाद मिलाउन चाहन्छन्

ट्रम्प काश्मीर विवाद मिलाउन चाहन्छन्

अमेरिकी विदेश मन्त्रालयले भनेको छ कि राष्ट्रपति डोनाल्ड ट्रम्प भारत र पाकिस्तानबीचको काश्मीर विवाद मिलाउने कुरामा इच्छुक छन्।

मंगलबार एक पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता ताम्मी ब्रुसले, राष्ट्रपति ट्रम्प सधैं गम्भीर अन्तर्राष्ट्रिय झगडाहरू सुल्झाउने प्रयासमा लागिरहेकाे बताएकी छिन् । उनले भनिन्, “राष्ट्रपति ट्रम्पले धेरै कठिन कुरा पनि मिलाएका छन्, त्यसैले काश्मीर जस्तो विषयमा पनि उनी सक्रिय हुनु स्वाभाविक हो।”

पत्रकारहरूले सोध्दा, ट्रम्पले भविष्यमा के गर्नेछन् भन्ने अहिले भन्न सकिन्न। यद्यपि, उनले राष्ट्रपति ट्रम्पको ध्यान काश्मीर विवाद सुल्झाउनेतर्फ नै रहेकाे जिकिर गरिन्।

उनले थपिन्, “संसारले ट्रम्पको सोच चिनिसकेको छ। यो उत्साहजनक समय हो र यस्तो समस्या पनि समाधान होला भन्ने आशा छ।”

यसै साता, पाकिस्तान पीपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो वाशिङ्टन आएर अमेरिकी अधिकारीहरूसँग भेटघाट गरेका थिए। उनले एलिसन हुकरसँग कुराकानी गरेका थिए।

ब्रुसका अनुसार दुबैले भारत–पाकिस्तानबीचको युद्धविराम कायम रहनुपर्छ भन्नेमा सहमति जनाएका थिए। उनीहरूले आतंकवाद विरुद्धको सहकार्यबारे पनि छलफल गरेका थिए।

पाकिस्तानी टोली मे ३१ देखि जुन ६ सम्म वाशिङ्टनमा थियो र उनीहरूले धेरै अमेरिकी नेताहरू र अधिकारीहरूसँग भेट गरे।

त्यसै समय भारतीय नेताहरूको समूह पनि वाशिङ्टन आएको थियो। अमेरिकी उपसचिव लान्डाउले भारतसँगको मित्रता र आतंकवादविरुद्धको साथ दोहोर्याए।

गत महिना दुई देशबीच केही समयको तनावपछि मे १० मा युद्धविरामको घोषणा भएको थियो। त्यसपछि ट्रम्पले Truth Social मा लेखे, “म दुबै देशसँग मिलेर काश्मीरको समस्या समाधान गर्न काम गर्नेछु।”

पाकिस्तानले ट्रम्पको प्रस्तावलाई स्वागत गर्‍यो तर भारतले काश्मीर केवल दुई देशबीचको कुरा हो भन्दै अस्वीकार गर्‍यो।

AFP सँगको अन्तर्वार्तामा बिलावल भुट्टोले ट्रम्पलाई आग्रह गरेर भारतलाई वार्तामा ल्याउन भूमिका खेलून् भनेका छन्।

उनले, पाकिस्तान आतंकवादबारे छलफल गर्न तयार छ, तर मुख्य विषय भने काश्मीर हुनुपर्छ।

यसअघि ट्रम्पले भारतसँगको तनावमा पाकिस्तानले राम्रो भूमिका खेलेको बताएका थिए। उनले जर्मन चान्सलरसँगको संयुक्त कार्यक्रममा भने, “केहीलाई मेरो कुरा मन नपर्ला, तर सत्य यही हो।” उनले आफूले तनाव कम गर्न सहयोग गरेको दाबी पनि गरे। TET

#Trump #India #Pakistan