चीन–अमेरिका आर्थिक र व्यापारिक वार्तामा सैद्धान्तिक रूपमा ढाँचा सम्पन्न

चीन–अमेरिका आर्थिक र व्यापारिक वार्तामा सैद्धान्तिक रूपमा ढाँचा सम्पन्न

स्थानीय समयअनुसार जुन ९ देखि १० तारिखसम्म चीन–अमेरिका आर्थिक तथा व्यापारिक परामर्श संयन्त्रको पहिलो बैठक लन्डनमा आयोजना गरियो। चिनियाँ वाणिज्य मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापार वार्ताकार तथा उपमन्त्री ली छङकाङले वार्तापछि सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै चीन–अमेरिका आर्थिक तथा व्यापारिक वार्तामा सैद्धान्तिक रूपमा ढाँचा तयार भएको जानकारी दिए।

 

उनले भने कि दुबै पक्षबीच व्यावसायिक, विवेकपूर्ण, गहिरो र इमानदार संवाद भएको थियो। दुबै पक्षले जुन ५ मा दुवै देशका राष्ट्राध्यक्षहरूबीच भएको कुराकानी र जेनेभामा भएको वार्तामा प्राप्त सहमतिहरू लागू गर्ने सन्दर्भमा सैद्धान्तिक रूपमा ढाँचा तयार गरेका हुन्। लन्डनमा भएको वार्ताबाट प्राप्त प्रगतिले चीन र अमेरिकाबीचको विश्वास मजबुत पार्न, आर्थिक र व्यापारिक सम्बन्धलाई स्थिर र स्वस्थ रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउनेछ, साथै यसले विश्वव्यापी आर्थिक विकासमा सकारात्मक ऊर्जा थप्नेछ।