चीनका परराष्ट्र मन्त्रीद्वारा बङ्गलादेशका विदेशी मन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2017-11-19 14:15:10

नोभेम्बर अठार तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले ढाकामा बङ्गलादेशका विदेश मन्त्री अहमद अलीसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा मन्त्री वाङ्गले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनले भविष्यमा चिनियाँ विकासको मार्गचित्र तय गर्दै बङ्गलादेश समावेश विभिन्न मुलुकसँग विकास र सहयोग गर्नेमा सशक्त जीवन्त शक्ति थपेको बताउनुभयो। राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको “एक पेटी एक मार्ग”प्रस्ताव चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा लेखिएको छ र यसले चीनले दीर्घकालीन र दृढताका साथमा यस प्रस्तावलाई लागू गर्ने पनि मन्त्री वाङ्गले व्यक्त गर्नुभयो।

मन्त्री अलीले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलतासाथ सम्पन्न भएको र राष्ट्राध्यक्ष सीले पुनः चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवमा निर्वाचित भएकोमा हार्दिक अभिवादन गर्नुभएको छ। यसका साथै उहाँले चीनले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनले तय गरेका लक्ष्यहरु भविश्यमा साकार हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *