सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज (सप्तरी), २३ जेठः

डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

 

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिनुभयो । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।

 

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।