चीन र अमेरिकी सेनाबीच मानवीय उद्धार र प्रकोप निवारण सम्बन्धी संयुक्त सैन्य अभ्यास

(GMT+08:00) 2017-11-19 16:26:15

चीन र अमेरिका दुवै सेना बीचको मानवीय उद्धार र प्रकोप निवारण सम्बन्धी संयुक्त सैन्य अभ्यास हाल अमेरिकी ओरेगन राज्यको पोर्टल्याण्ड शहर नजिकमा अवस्थित राष्ट्रिय रक्षा फौजको राइलेया सैनिक क्याम्पमा जोडतोडसँग भइरहेको छ। दुवै पक्षले अठार तारिख साँघुरो स्पेसमा उद्धार गर्ने आदि विषयको अभ्यास गरेका छन्।

सैन्य अभ्यासमा सहभागी दुवै पक्षका सिपाहीं तथा अधिकृतहरूका अनुसार, वास्तविक अभ्यास, आपसी प्रत्यक्ष सम्पर्क र आदान-प्रदानमार्फत एकले अर्काको मानवतावादी उद्धार प्रक्रियामा चाल्ने तरिका र उपायबारे समझदारी लिनुका साथै अनुभवको पनि उपभोग गर्नसक्नेछ।

गत नोभेम्बर तेह्र तारिखदेखि शुरु भएको यस सैन्य अभ्यासलाई तीनवटा विभागमा विभाजित गरिनेछ। अर्थात्: गोष्ठी र आदान-प्रदान कार्यक्रम, निर्देशनालयको तालिम र संयुक्त वास्तविक सैन्य अभ्यास रहेका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *