पहिलोपटक मेसिनले आलु रोपेका किसानहरू यस्तो प्रविधिप्रति उत्साहित

(GMT+08:00) 2017-11-19 14:09:48

पहिलोपटक मेसिनले आलु रोपेका किसानहरूले कृषि मजदुरको अभाव बढ्दै गएका बेला मेसिनले सजिलै आलु रोपिदिने भएपछि यो प्रविधिप्रति आकर्षित भएका छन्। कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले मुलुकमै पहिलो पटक भित्र्याएको पोटेटो प्लान्टर (आलु रोप्ने मेसिन) ले गत वर्ष ‘किसानको स्वीकारोक्ति परीक्षण’ कार्यक्रमअन्तर्गत उनको १ बिघा खेतमा उक्त मेसिनले आलु रोपेको थियो।

ट्याक्टरको मद्दतले चलाइने पोटेटो प्लान्टर केन्द्रले ४ वर्षअघि भारतबाट भित्र्याएको थियो। यो उपकरणलाई थप स्तरोन्नति गरी ३ वर्षको परीक्षणपछि गत वर्ष किसानको खेतमा लगेको केन्द्रका प्रमुख इन्जिनियर सचिन मिश्रले बताउनुभयो। उपकरणमा आवश्यक सुधार गरी केन्द्र परिसरमै लगातार ३ वर्ष आलु रोपेर यसको सफल परीक्षणपछि मात्रै केन्द्रले किसानका लागि सिफारिस र प्रयोगको व्यवस्था मिलाएको उहाँले सुनाउनुभयो।

किसानका लागि अत्यन्त उपयोगी यो उपकरण किफायतीसमेत छ। परम्परागत विधिले ९ मजदुरले दिनभरि लगाएर ५ कठ्ठा खेतमा आलु रोप्छन् भने यो उपकरणको मद्दतले ३ मजदुरले १ घण्टामा यति खेतमा आलु रोप्छन्। यसरी मजदुर नपाउँदाको झन्झट र मजदुरको लागतबाट पनि मुक्ति मिल्ने मिश्रको दाबी छ। धेरै खेत हुने किसानका लागि यो उपकरण झनै वरदान साबित हुनेछ। यो उपकरणले बिउ रोप्ने, मल राख्ने र माटोको ड्यामसमेत एकैसाथ बनाएर ३ वटा कामसँगै गर्छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *