नेपालमा छैटौं कर दिवस

(GMT+08:00) 2017-11-19 14:07:39

अर्थ मन्त्रालयले ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नारा अगाडि सारेर यस वर्षको राष्ट्रिय कर दिवस मनाएको छ।

मन्त्रालयले मंसिर १ गतेलाई कर दिवसका रुपमा मनाएको यो छैटौं वर्ष हो। आन्तरिक राजस्व विभागले मनाउने कर दिवस यो वर्ष विभिन्न कार्यक्रमका साथ राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको हो।

सो अवसरमा अघिल्लो वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी र संस्थालाई सम्मान गर्ने गरिन्छ।

कर दिवसका अवसरमा विभागले सर्वसाधारण, पेसाकर्मी, व्यवसायी, संघसंस्था लगायत सबैलाई कर तिर्न प्रेरित गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम गरेको नागरिकन्यूज डटकमले जनाएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *