कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

Mahabhoj

म्याग्दी, १९ वैशाखः

JANTE BAKHRO

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।

 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

 

निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।

 

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हँुदै मुुस्ताङको कोरला पुग्न दुई लेनकोे २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३÷७४ देखि कालोपत्र गर्न सुरु भएको हो । हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।

Mahabhoj

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *