‘आग‍ो सल्किदै छ’ नामको नाटक लेखे पछि

‘आग‍ो सल्किदै छ’ नामको नाटक लेखे पछि

Mahabhoj

देवजंंग शाही

JANTE BAKHRO

‘आग‍ो सल्किदै छ’ नामको नाटक लेखे पछि, त्यसको परिणाम मैले कष्टको जीवन भोग्न बाध्य भए।

 

माओबादीले २ फागुन २०५२ साल बाट शसस्त्र संघर्ष (जनयुद्द) सुरू गरेका थिए। जब देशमा, समाजमा विपरित परिस्थिती उत्पन्न हुन जान्छ, त्यतिवेला असामाजिक चरित्रहरूले प्रगतिशील बिचार, भावनाहरू निमोठ्ने र कुल्चने अवसरको रुपमा राम्रो उपयोग गर्दा रहेछन भन्ने बुझ्न गाह्रो हुन्न।

 

२०५५असार १७गतेको दिन हो, मूलबाटो देखि केही अलितल म र मेरो पत्नी कोदो रोपिरहेका थियौं।

 

माथि बाटोबाट एकजनाले `ए बाउ साब` भनेको मैले सुने त्यतातिर हेरे। त्यहा पचासौं कम्ब्याट ड्रेस वालाहरू सरकारी अर्धसैन्य बलका हातियारधारी पाच, सात जना पब्लिक समातेर ल्याइएका मनिसहरू पनि थिए।

Mahabhoj

 

अनि म नहडबडाइकन काम छोडेर त्यहाँ कमाण्डोको नजिक गएर बसे। मेरा हात ग‍ाेडाहरु चिसोमाटोले हिलाम्य थिए। कमाण्डरले मतिर हेर्दै , के छ भन्यो । मैले कोदो रोपेको तिर इसारा गर्दै यहि छ भने।

 

अनि त्यहा बाट हामिहरूलाई लिइयो र इप्रका चौकि फुकोट हिरासतमा राखियो।

 

म संगैका अरुलाइ नबोलाइकन राति तीनबजे बाहिर बोलाए।

 

मैले यकपटक त अटेर गर्न खोजे तर ड‍ोरीले पग्याइको बाख्रो पागोबाट फुत्केपनि मानिसले त कहाँ छाड्छन त; भन्नेलागेपछि म बाहिर निस्के। किलोसेरा २ को कमाण्डर प्रहरी चौकीको माथिल्लो तलामा उभिएको थियाे। उसले केही भन्नु भन्दा पूर्व न‌ै मैले नै प्रस्नहरू गरे -मलाइ के भनेर समातियो, र यतिबेला कहाँ लिइदैछ?

 

कमाण्डरले भन्यो-‘सौभाग्यवस तपाइले पु:न जीवन पाउनु भएको छ। तपाईं बुद्दिमान मनिस पनि हुनुहुदो रहेछ। अव तपाईलाई जिल्लामा पठाइन्छ,बाट‍ोमा होसियार हुनुहोला ।

 

करिव दुई घण्टा सम्मको मानिसहरू मार्दै आइरहेका हतियारधारीहरू सितको अँध्यारोको यात्रा जीवन र मृत्यु बीचको संघर्षको करणले अध्यारोका दुई दुइघंटा कसरी वितेर उज्यालो भयो, मलाइ था भएन।उज्यालो देखेपछि मारिनै हाल्छन भन्ने डर त्यति बाक्लो रहेन।

 

कालिकोट जिल्ला डिएसपी कार्यलयमा पुगाएपछि खोरमा हुलियो र रासनखानका लागि सहिछाप गर्नु पर्छ भनेर म र अरु दुइजनासहितलाइ साइन गराइयो।

 

भोलिपल्ट म लगायतका तीन जना लाई बाहिर निकालेर -छातिमा ज्या मा उ लेखेका प्लेट टासेर फ‍ोटा खिचियो। यसको तात्पर्य ज्यान मार्ने उद्योग भन्ने रहेछ। त्यहि २०५५ सालको बैसाख महिनामा डाडाखेत कालिकोटमा भु पु कानून मंत्री प्रेमबहादुर सिंह जी माथि ज्यानलेवा सांघातिक हमला भएको थियो। पछि हेलिकेप्टरद्वार उहाँको उद्दार गरिएको थियो। साेही घटनाको कथित संदर्भ मिलाएर म लगायतका अन्य दुईजना पपुलरशाही र ध्वजबहादुर शाहीहरू उपर ज्यान मार्ने उद्योगको फौजदारी मुद्दा लाउने भन्ने मूलत जील्लास्तरका राप्रपा, नेका र अन्य राजनीतिक दल सहितका प्रमुख, प्रजिअ र डिएसपी सहितको सल्लाहसहितको प्रपंच बुनिएको रहेछ।

 

हप्तौंहप्ता सम्म शसस्त्रप्रहरीको निगरानिको साथमा अदालतमा थुनाउ म्याद थपाउन लैजाने र ल्याउने गरिरहदा के होला किन हो ? भन्ने भैरहेको थियो ।

 

यस संबंधमा त्यतिबेला काठमाडाैंमा चर्चाित पत्रकार प्रेम `क‌ैदी´ लाई जानकारी दिन मेरो पत्नी सत्या जील्ला सदरमुकाम मन्मा आउदा एकजना आफन्तले उनलाई भनेछन् ` आतिनु पर्ने कुराकेहि छ‌ैन, प्रेमसिंह माथि ज्यान लिने प्रयासगरेको झुट्ठा आरोप लाएका छन, त्य‍ो कोहि सहि मान्द‌ैन कि, देवजंगशाही त्यस्तो हमला गर्ने मानिस हुन भनेर ।

 

आममानिसहरूलाइ टेलीफोन गर्नेसुविधा रोक्न प्रहरी तैनाथ गरिएको रहेछ। हाल रास्कोट नपाभित्र पर्ने तत्कालिन तीनवटा गाविसहरू सिपखाना, स्युना, र फुकोट तत्कालिन गाबिस प्रमुख उपप्रमुख, सचिवहरू जिल्ला सदरमुकाममा नै बसेर चांचोपाचो मिलाउथे। त्यतिबेलाका स्युना गाबिसका अध्यक्ष साहवले भनेपनि छन कि, तिमी किन आउनु पर्ने ?

 

सत्याले – मेरो श्रीमान थुनामा परेको वेला म वहाको पत्नी नआउने? कड्केर प्रति प्रश्न गर्दा अध्यक्ष चुपलागे छ ।

 

टेलीफोन घरमा तैनाथ रहेको प्रहरीले, दिदी के टेलीफोन गर्न भनेर आउनु भएको हो ?

 

सत्याले भाइ काठमाडाैंमा देवरबाउ संग अतिजरुरी कुरा गर्नु थिय‍ो, त्यसैले -भनेपछि प्रहरीले नै भित्र पठाइदिएछ।

 

माअाेवादीकाे आरोपित आरोपका बारेमा टेलीफोनमा कुरा भएपछि, प्रेमकैदीले पूर्व मन्त्री प्रेमसिंह जीसित तत् बिषयमा कुरा गर्दा; उहाँले भन्नु भएछ , मलाइ त्य‍ो कुरा था छैन, मैले देवजंग जी लाई संकापनि गरेको छैन त्यो संबंधमा, म अहिल्यै फोन गर्छु न्यायधीस लाइ भन्नू भएछ।

 

यता जिल्लाअदालतमा थुना म्यादको लागी लिइ रहदा मैलै अदालतको वकिल संग प्रश्न गर्थे कि, कसको के उजुरिमा हामीलाइ अदालतमा झुंड्याइ राखियको छ भन्दा; वकिलले प्रेमसिंह जीको काठमाडाैंबाट कसैको नाम किटान नगरिएको फ्याक्स मार्फतको उजुरी देखाएको थिय‍ो

 

अनि मैले कडा रुखका साथ प्रस्तुत भएर अदालतमै जिकिर उठायं – अंतत:३४ दिनको कडा हिरासत बाट बाहिर निस्के।

 

यसरी समाजमा यथास्थिति लाई सहर्ष स्विकार नगर्ने नविन प्रतिभालाइ अनेक प्रकारका जालझेल र मुद्दमामलामा अल्झ्यार दुख दिइरहने षडयंत्रकारी लेअर बाट बाहिर निस्कन सकिमात्र रहेको पाइएक‍ाे देखिदैन। गाउँमा माओवादीहरूको ज्यादती पनि सह्य हुंन सक्ने थिएन।

 

मेरो आफ्नै गाउँ र वरपरका गाउँहरू बाट माओबादीले घरमा जहान परिवार र बालबच्चाहरू सुतिरहेका मानिसलाई थुतेर बाहिर निकाली घरको दैलो बाहिर बाट बन्द गरि अपहरण गरिलिएका मानिसको विभत्स हत्या गरेका घटनाहरूको प्रत्युत्तर रुवाबासि चिच्याकल्लो बाहेक कसैले आफ्नो आफन्त मारिदा पनि कहि उजुरी जाहेरी त के, कुरा सम्म उठाउने गरेको पाइएन।

ढुँगाले थिचिथिची कन र,उसैलाइ खाडल खन्नलगाइ जीउद‌ै पुरेर मारेका अनविघ्न घटनाहरू र अर्को सरकारको तर्फबाट कम आतंक र त्रास्दिपूर्ण घटनाहरू घटाइएका थिएनन्।

घरमासुति रहेका पांच-पांचजना मानिसलाइ उठाएर, ढुंगाको आडमा उभ्याएर एक-एक गरि गोलि हानेर मार्दामार्दै एकजना सिंहविर नामका बहादुर मनिस ज्यान जोगाउन सफल भए छन। अन्य चार-चार जनाको त्यहि चिहान गरियो। जसलाइ आजभोली शहिद पार्कको नाममा नपाले चाहेका मानिस लाभान्वित हुंने गरेर बजेट छुट्याउछ पनि। काेही पनि केही भन्ने सम्म गरेका थिएनन्

 

२फागुन २०५२ बाट माओवादी जनयुद्द सुरु भएपछि,´भैसाको सिंङले भैसाकै मासु` भने झै, सरकारी अथवा माओवादी दुब‌ै जुन धार बाट उपयुक्त हुंनसक्छ,असामान्य कुबुद्दिको उपयोग गर्ने असमाजिक परिस्थिति बन्नगएको थियो। दिनमा घरभित्र बसिरहेका मानिसलाई माओवादी भनेर समाति बन्दुकका कुंजाले जापायो तेही हान्दै अचेत अदमर‍ो बनाएर रक्छिदै, रक्छिदै ल्याएका तीन लाशहरू फालेको देख्ता कस्को मन दुख्तैन होला। ती लाशहरू फ्याकीएको ठाउबाट नै मेरो खेत जाने बाटो थियो।

यसप्रकारका दुब‌ै ज्यादति सरकारी र बिद्रोही माओवादी पक्षहरूबाट मानवीयताको विपरित जुन ज्यादती र क्रुरतम घटनाहरू घटेकाछन, तिनले मनोबैज्ञानिक जगतलाई नराम्र‍‍ोसित खलबल्याइ दिएको छ ।

 

आफ्न‍ो आँखा ले के देखे कानले के सुने, त्यसको यथार्त वर्णन होइन कि ,कसको पक्षमा बोल्दा सुरक्षित हुन सक्ने र चहर्याउदै भएपनि मुकथुनेर बस्दा हुन्छ ठिक कि,आदि—।

 

यो छोटो संमरणात्मक लेखले राजनीतिक चरित्र कस्तो हुन्छ भन्ने बुझ्न मदत पुग्नेछ भन्ने मलाइ लगेको छ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *