ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक: यथार्थ र भावनाको बुनोट

ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक: यथार्थ र भावनाको बुनोट

यूवर्ण पौडेल

काठमाडौँ, २ वैशाखः

चलचित्र ‘ऊनको स्वीटर’ को बहुप्रतीक्षित गीत ‘काफ्ले’ मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ। वैशाख २६ गते विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रले यथार्थपरक कथानकको स्वाद दिन खोजेको छ, जसको झलक यो गीतमा झल्किन्छ।

गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत र झुमा लिम्बु तथा सुजन चापागाईँको स्वर समावेश छ। कार्यक्रममा उनीहरूले प्रत्यक्ष प्रस्तुति दिँदै गीतलाई सांगीतिक रूपमा जीवन्त बनाए।

निर्देशक नवीन चौहानका अनुसार ‘काफ्ले’ शब्द केवल शीर्षक मात्र नभई नेपाली समाजको प्रतिबिम्ब हो। अभिनेता विपिन कार्कीले निभाएको ‘धरणीधर काफ्ले’ पात्रलाई यथार्थ बनाउने उद्देश्यले काफ्ले समुदायको संस्कृति र जीवनशैलीको अध्ययन गरिएको थियो।

गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ‘ब्रान्ड’ बनाउने सपना पुरा भएको बताए। सङ्गीतकार झुमा लिम्बुले गीतमा आफ्नै बाल्यकालको झल्को पाएकी भन्दै यसमा समेटिएको सांस्कृतिक गहिराइको चर्चा गरिन्।

अभिनेता विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई र एलेक्स पारस लगायतले चलचित्रप्रतिको आफ्नो अनुभव र भावनात्मक सम्बन्ध साझा गरे।

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ सामाजिक यथार्थ, सांस्कृतिक विविधता र भावनात्मक गहिराइको संगालो हो। निर्देशक चौहानले भनेझैं, “यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो जीवनका धागोहरूलाई बुनेको चलचित्र हो।”

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *