
शिक्षा समाजको मेरुदण्ड हो, र शिक्षकहरू त यसका आधारस्तम्भ। जब शिक्षक आन्दोलनमा उत्रिन्छन्, त्यो केवल शिक्षकहरूको आन्दोलित धरोहर मात्र नभई सम्पूर्ण शिक्षा प्रणालीमा व्यापक प्रभाव पार्न सक्ने चिह्न हो। हालका दिनहरूमा नेपालमा शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा र नयाँ शैक्षिक सत्रको पठनपाठनलाई पनि गम्भीर अन्योलमा पारिरहेको छ।
नेपाल शिक्षक महासंघले २०८२ सालको बैशाख ११ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, निरीक्षक लगायतका जिम्मेवारीहरूमा संलग्न नहुन निर्देशन दिएको छ। यसले विद्यालय शिक्षामा भएको अराजकता र अन्योललाई अझ सघन बनाएको छ। के विद्यार्थीहरूको भविष्य र शिक्षा प्रणालीको स्थिरता यो आन्दोलनको परिणामले बताउला ?
शिक्षक महाशंघको माग शिक्षा ऐन जारी गर्नुका साथै विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास गर्नका लागि आन्दोलनरत रहेको छ। शिक्षकहरूको दृढ निर्णयले गर्दा परीक्षा प्रशासन कठिनाइमा परेको छ। यसअघि सोधिएका प्रश्नपत्रको उत्तरजाँच र नयाँ शैक्षिक सत्रको कार्यक्रम पनि प्रभावित भएको छ। यसै क्रममा, विद्यालय व्यवस्थापन र सरकारको सुस्त चासोले शिक्षकहरूको असन्तोष बृद्धि भएको छ।

शिक्षकहरूको आन्दोलनमा भाग लिने संख्यामा कमी आउनु एक गम्भीर चिन्ता हो। सरकारको चासो, वार्ता र सहमतिका लागि शिक्षकहरूका संख्यामा सीमितता भएकोले यस आन्दोलनको शक्ति भनेको संगठित र एकजुटता हो। यसले विद्यार्थी र अभिभावकलाई चिन्तित बनाएकाे छ। विद्यार्थीहरू शिक्षकको अनुपस्थिति र शिक्षाको पहुचबाट प्रभावित हुन सक्छन्।
शैक्षिक क्यालेंडर बिग्रिनुका साथै एसइईको परीक्षाफल घोषणामा समेत समस्या उत्पन्न हुन सक्छ। शिक्षकहरूले सुधारका लागि आन्दोलनमा उत्रिए पनि सरकारले चासो नदिएको र सम्झौतासम्म पुग्न कठिनाइ हुँदा आन्दोलन जारी रहने कुरामा अडानका साथ अगाडि बढिरहेका छन्।
पाठ्यक्रमकोअन्योल र परीक्षा प्रक्रिया अवरुद्ध गर्न नदिनका लागि सरकारले समयमै र प्रभावकारी वार्ताका लागि चासो दिन आवश्यक छ। शिक्षक र विद्यार्थीकाे भविष्यलाई ध्यानमा राख्दै, शिक्षा ऐनको तात्कालिकता र कार्यान्वयनको आवश्यकता आजको प्रमुख प्राथमिकता हो। नेपालको शिक्षा प्रणालीको दीगो र प्रभावशाली विकासका लागि शैक्षिक नीति र कानूनी संरचनामा सुधार आवश्यक छ।
सरकारलाई शिक्षकहरूको मागलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्छ र तात्कालिक शिक्षा ऐनलाई तयार गर्न पहल गर्नु आवश्यक छ। शिक्षा विश्वका लागि एक गम्भीर चुनौतीको रूपमा रहेको यस अवस्थामा, शिक्षकको ऐक्यबद्धता र सरकारको अनुकुलता शिक्षा प्रणालीको सच्चा संरक्षक बन्न सक्छ। शिक्षक आन्दोलनले शिक्षा प्रणालीमा गम्भीर चुनौती र अनिश्चितता निम्त्याएको छ। यसलाई हल गर्न सही र तात्कालिक कदम चाल्न आवश्यक छ। शिक्षक र सरकारको सहकार्यले यो समस्या समाधान गर्ने छ भने, विद्यार्थीहरूको भविष्य सुरक्षित रहनेछ।