लामिछानेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता

लामिछानेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता

काठमाडौँ, २९ चैतः

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। शुक्रबार उक्त निवेदन लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेलले सर्वोच्च अदालतमा दर्ता गराएका हुन्।

सर्वोच्च अदालतका सूचना अधिकारी उपरजिस्ट्रार निराजन पाण्डेले लामिछानेको निवेदन दर्ता भइसकेको जानकारी दिएका छन्। उक्त निवेदनको सुनुवाइ आइतबारका लागि तय गरिएको छ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो। हाल उनी रुपन्देही कारागारमा थुनामा रहेका छन्। DD

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *