दुर्गा प्रसाईं पक्राउ, १२ दिनको म्यादमा अनुसन्धान जारी

दुर्गा प्रसाईं पक्राउ, १२ दिनको म्यादमा अनुसन्धान जारी

चैत १५ गतेको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि १२ दिनको म्याद पाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो। प्रसाईंका अंगरक्षक दीपक खड्कामाथि पनि समान म्याद दिइएको छ।

प्रसाईं क्यान्सरका बिरामी भएकाले चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको छ। उनी १५ चैतको प्रदर्शनपछि फरार भएका थिए र बिहीबार भारतबाट पक्राउ गरी झापाको भद्रपुर ल्याइएपछि काठमाडौं पठाइएको हो।

चैत ४ गते प्रसाईंको अगुवाइमा राजसंस्थाको पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो, जसको नेतृत्व नवराज सुवेदीले गरेका थिए। सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए।

चैत १५ गतेको प्रदर्शनमा प्रसाईंको संलग्नतामा भाँडभैलो मच्चिँदा प्रदर्शन हिंस्रक बनेको थियो। त्यस क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने कैयौँ गाडीमा आगजनी, व्यक्तिगत र सरकारी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। यस घटनाले राजधानीमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *