दुर्गा प्रसाईंद्वारा आसाम प्रहरीसमक्ष आत्मसमर्पण !

दुर्गा प्रसाईंद्वारा आसाम प्रहरीसमक्ष आत्मसमर्पण !

काठमाडौँ, २८ चैत :

दुर्गा प्रसाई, जो एक मेडिकल व्यवसायी र राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापना अभियानमा संलग्न छन्, भारतको आसाममा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनले २४ घण्टा भित्र सार्वजनिक हुन तयार रहेको कुरा बताएका थिए, तर चैत १५ गतेको राजसंस्था समर्थकको प्रदर्शनले हिंसात्मक रूप लिँदा उनी अचानक बेपत्ता भएका थिए। यस घटनापछि, प्रहरी प्रशासनलाई आलोचनासमेत सहनु परेको थियो।

विभिन्न मानवाधिकारकर्मीहरूको रोहबरमा उनले दाबी गर्दै अाफु भागेका होइन, बरु आफ्नो ज्यान बचाउन मजबूर भएका थिए। बुधबार, उनले एक भिडियो जारी गर्दै राज्यबाट ज्यानको खतरा भएकोले सुरक्षाको ग्यारेन्टी पाए सार्वजनिक हुने इच्छा प्रकट गरेका थिए, जसले राजनीतिक माहोल तताएकाे थियाे । सुरक्षा निकायले उनलाई नेपाल बाहिर कुनै ठाउँमा लुकेको मान्दै अनुसन्धान गरिरहेको थियो।

पुलिस स्रोतका अनुसार, दुर्गा प्रसाई वास्तवमा भारतको आसाममा रहेका थिए। उनीसँगको समन्वयको आधारमा, आसाम प्रहरीले उनलाई नियन्त्रणमा लिन तयारी गरिरहेको थियो। अन्ततः बिहीबार, दुर्गा प्रसाईले आत्मसमर्पण गरे। उनलाई नियन्त्रणमा लिइएको जानकारी पछि, आसाम प्रहरीले उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। काठमाडौंमा उनलाई ल्याउने प्रक्रिया काँकरभिट्टा नाका मार्फत हुनेछ।

प्रसाईको आत्मसमर्पणले नेपालको राजनीतिक स्थिति र सुरक्षा निकायहरूको क्रियाकलापमा नयाँ बहस उठाएकाे छ। DD

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *