प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २४ फागुन :

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

 

सामाजिक सञ्जालमार्फत उहाँले आज सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

 

आज ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो ।

 

 

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनबाट प्राप्त अधिकारलाई सही सदुपयोग गरी समानता र सम्मानको लागि अथक प्रयास जारी राख्नुपर्ने बताउनुभएको छ ।

 

एक सय पन्धौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सामाजिक सञ्जाल एक्स(ट्वीटर) मार्फत शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले समानतामूलक समाज र सम्मानपूर्वक बाच्न पाउँ अधिकारको रक्षाको लागि एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

 

“आज राज्यको प्रमुख प्राथमिकता र दायित्वमा महिलाअधिकार तथा सशक्तीकरण पर्दै जानु हो । यो कार्यमा राज्य सकारात्मक हुनु सम्पूर्ण नेपाली महिलाको लागि खुसीको कुरा हो”, उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ ।

 

 

महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

 

अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।”

 

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताउनुभएको छ । उहाँले विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

मन्त्री राणाले भन्नुभएको छ, “महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्ने काममा म निरन्तर रूपमा लाग्ने प्रण आजका दिनमा गर्न चाहन्छु ।” उहाँले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याइ किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *